२४ पुस२०७६–काठमाण्डौ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–वडा नं.११मा पर्ने थुम्कीको भित्री सडक निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटनाहुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । भने स्काभेटरका चालक गम्भिर घाइते भएको जानकारी प्राप्त भएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले पाटीखर्कबाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना परेको थियो । सडक निर्माणको क्रममै स्काभेटर तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले जानकारी दिएकाछन् ।
स्काभेटरमा बसेका पनौती–११ का १६ बर्षिया राउत केसी र सिन्धुपाल्चोक स्थायी घर भै दिदीको घरमा आएका १५ बर्षिया रोशन भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई रहेको छ । त्यस्तै दुर्घटनामा परि स्काभेटर चालक काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका–७ का २७बर्षिया जीवन ताम्राकार गम्भिर घाइते भएका हुन् । उनको धुलिखेल अस्पतलामा उपचार भैरहेको प्रहरी श्रोतले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]