लोकसेवा आयोग खोटाङवाट कुनै पनि हालतमा जान दिन्न मा. विशाल भट्टराई
दिवश रिजाल
दिक्तेल स्थित लोकसेवा आयोगको कार्यालय यथावत राख्न जागरुक नागरिक आन्दोलन आज दिक्तेल स्थित त्रिवेणि चोकमा कोण सभा भएको छ । नागरिक अधिकार तथा भ्रष्टचार विरुद्ध अभियान संघर्ष समिति दिक्तेलले पञ्च कन्यावाट हस्ताक्षर शुरुवात गरेर उपस्थित सम्पुर्णको हस्ताक्षर संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय मार्फत संघिय संसद प्रतिनिधि सभा राज्य व्यवस्था समिति , सिंहदरवार काठमाडौं पठाईएको छ ।
यता प्रतिनिधि सभा सदस्य माननिय विशाल भट्टराईले लोकसेवा आयोगको पुनसंरचनाको विषयमा चर्चाको विषय नै नभएको र आजको आन्दोलन वेमौसमि वाजा भएको जिकिर गर्नु भएको छ,“उहांले भन्नुभयो लोकसेवा आयोग खोटाङवाट कुनैपनि हालतमा जान नदिने र यस्तो हचुवाको आन्दोलनमा दुख नपाउन आम खोटाङ वासिलाई आग्रह समेत गर्नु भएको छ ।
नागरिक आन्दोदन संघर्ष समितिले यस्तो महत्वपुर्ण लोकसेवा आयोगको कार्यालयलाई हाल राज्य पुनसंरचना गर्ने नाममा देशै भरीवाट संघिय लोकसेवा आयोगका कार्यालय कानुन वनाएरै हटाउने संसद र सरकारको नीयोजित नियत प्रति आम खोटाङे जनता दुखित भएको र लोक सेवा आयोगको ४० वर्ष पुरानो कार्यालय यथास्थान दिक्तेलमा राख्नुपर्ने जस्ता माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]