दिवश रिजाल
दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानले आज खोटाङको दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा
शहीद ठूलकुमार श्रेष्ठको २२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । उक्त अवसर पारेर कार्यक्रममा शहीद ठूलकुमारको फोटोमा माल्र्यापण गरिएको थियो ।
कार्यक्रममा सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ता, भातृ सङ्गठनका नेता तथा कार्यकर्ता, शुभेच्छुक, पत्रकार लगायतको सहभागिता रहेको श्रद्धाञ्जलीसभामा सहभागी वक्ताहरुले शहीदहरुलाई सम्झेर मात्र नहुने भन्दै उनीहरुले देखाएको सपना पूरा गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।
शहिद ठुलकुमार श्रेष्ठ तत्कालीन नेकपा माओवादीको खोटाङ–उदयपुर संयुक्त जिल्ला सङ्गठन समितिको सचिवालय सदस्य समेत थिए ।
शहीद ठूलकुमारको वि.सं. २०५५ साल पुस–२७ गते पार्टी कामको सिलसिलामा खटिनुभएका शहीद ठूलकुमारको उदयपुरको तावाश्रीमा प्रहरीको गोली लागेर विभत्स हत्या भएको थियो ।
शिक्षण पेशा छाडेर माओवादी जनयुद्धमा लागेर भूमिगत बन्नुभएका शहीद ठूलकुमार बुबा भीमबहादुर र आमा खड्गलक्ष्मी श्रेष्ठको एक मात्र छोरा थिए ।
शहीद ठूलकुमार वि.सं. २०५२ साल फागुन–१ गतेबाटै तत्कालीन नेकपा माओवादी जनयुद्धमा लाग्नुभएका शहीद ठूलकुमारको श्रीमती र तीन छोरीहरु करुणा, कुसुम र कान्ति छन् ।
एक नम्बर प्रदेश सरकारबाट विनियोजित रु एक करोड ६१ लाखको लागतमा स्मृति भवन निर्माण शुरु गरिएको शहीद ठूलकुमार स्मृति भवनमा माओवादी जनयुद्धको क्रममा ज्यान गुमाउने शहीदको नामावली तथा फोटो समेत राखिने प्रतिष्ठानका अध्यक्ष सुरेश राईले बताउनुभयो ।
सालिन स्वभावका शहीद ठूलकुमारको सम्झना स्वरुप दिक्तेलस्थित भवन गैरामा निर्माण शुरु गरिएको शहीद ठूलकुमार स्मृति भवनमा माओवादी जनयुद्धको क्रममा ज्यान गुमाउने शहीदको नामावली तथा फोटो समेत राखिने प्रतिष्ठानका अध्यक्ष राईले बताउनुभयो ।
जनयुद्धमा खोटाङ जिल्लाका ६८ जना नेता तथा कार्यकर्ताले ज्यान गुमाएका सहीदहरुको निर्माणाधीन स्मृति भवनमा सबै जना शहीदको फोटो तथा नामावली राख्ने तयारी भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेमा शहीद पार्क (उद्यान) निर्माण गरिएको , साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले समेत शहीद पार्क निर्माणका लागि बजेट विनियोजन गरेको छ भने प्रतिष्ठानले तत्कालीन जनयुद्धका क्रममा ज्यान गुमाउने शहीदहरुको नालीबेली समेटेर स्मारिक समेत प्रकाशन गर्दै आएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]