७ माघ २०७६–काठमाण्डौ । दक्षिण कोरियामा नेपालीहरुद्वारा गठित स्वतन्त्र राष्ट्रप्रेमी सचेत नागरिक अभियान अन्तर्गत “एकदिन आबिस्कार केन्द्रका लागि” भन्ने मुल नाराका साथ कोरियाका बिभिन्न शहरहरुमा काम गर्ने नेपाली कामदारहरुले नेपालमा महाबीर पुनले स्थापना गरेको राष्ट्रिय आविस्कार केन्द्रको सहयोगार्थ सहयोग संकलन गरेको कुरा कोरियामा कामगर्ने आप्रबासी खोटाङ्ग बुइपाका दिनेश शाक्यले देश पोष्टलाई जानकारी गराएका छन् ।
शैलेन्द्रराज प्रधानको नेतृत्वमा १२ जना नेपाली युबाहरुद्वारा सञ्चालित उक्त रकम संकलन अभियानले कोरियाका बिभिन्न शहरहरुमा हाल सम्म २० लाख बढी रकम संकलन भएको कुरा जानकारी प्राप्त भएको हो ।
एक जना नेपाली बैज्ञानिक महाबीर पुनले सञ्चालन गरेको राष्ट्रिय आबिष्कार केन्द्रको लागि एक दिन बराबरको कमाई लगानी गर्दा लाखौ नेपालीको भबिष्य सुन्दर हुन्छ भने अभियानलाई साथ र महाबीर पुनको सपना साकार पार्नका लागि सम्पुर्ण दक्षिण कोरियमा बस्ने आप्रबासी नेपाली तथा गैह्र नेपालीहरुलाई समेत सहयोग गर्न अभियानका संयोजक प्रधानले अपिल गरेको छन् ।
प्रबासमा रहेर आफ्नो माटोको लागि र भाबी पुस्ताहरुको लागि सानो सहयोगले पनि एउटा इतिहाँसको निर्माण गर्न सकिने भएकोले नेपाली हरुलाई अप्ठ्यारो पर्दा प्रबासीहरु निरन्तर लागीपर्ने अभियानका अभियान्ता दिनेश शाक्यले बताए ।
निरन्तर सहयोग संकलन अभियान चलिरहेकोले अब चाँडैनै अभियान सकेर नेपाल स्थीत महाबीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग रकम अभियानकर्ताको संयोजक शैलेन्द्रराज प्रधानबाट हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रधानले जानकारी गराएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]