१३ माघ २०७६–काठमाडौं । नेपालको छिमेकी मुलुक चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपाल पनि देखा परेको केही दिन भएको छ । मानव निर्मीत भनेर ब्याख्या भइरहेको यो भाइरसबाट नेपालमा थप दुई जना संक्रममित भएको आशंका गरिएको छ ।
उनिहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको जानकारी दिइएको छ । टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार गरिरहेका उनीहरु दुवैजना चीनबाट फर्किएका थिए ।
कोरोनाको शंका लागेर अस्पताल पुगेकी महिला शनिबार माघ ११ गते टेकु अस्पताल पुगेकी थिइन् भने अर्का पुरुष माघ १० गते अस्पताल पुगेका थिए । अस्पतालका अनुसार चीनबाट फर्किनेहरु परामर्शका लागि पनि अस्पताल आइरहेका जानकारी प्राप्त भएको छ ।
तीमध्ये २ जनालाई आशंका गरेर उपचार थालिएको अस्पताल श्रोतको दाबी रहेको छ । उनीहरुको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको र रिपोर्ट आएपछि मात्र पूर्ण रुपमा कोरोना संक्रमणबारे एकिन हुनेछ । गत शुक्रबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शुक्रवार स्वास्थ्य मन्त्रालयले चीनको वुहान प्रान्तबाट हालै फर्केका एक नेपाली विद्यार्थीमा सङ्क्रमण देखिएको बताएको थियो । तर ती व्यक्ति हाल निको भएर घर फर्किसकेको बताइएको छ ।
हाल उक्त कोरोना भाइरसलाई न्युनिकरण गर्न टेकु स्थीत आइसुलेशन सेन्टरमा आबस्यक प्रविधी आइसकेकाले सय डिग्री भन्दा बढी तापक्रमको ज्वरो आएमा चेक जाँच गराउन निर्देशन गरिएको छ भने कसैलाई पनि नआत्तिन अनुरोध गरिएको श्रोतको भनाई रहेको छ ।
उता त्रिभुबन अन्तराष्ट्रिय बिमान स्थलबाट आउने चिनिया नागरिकहरुलाई चेकजाँच पछी मात्र नेपाल खुल्ला गरिएको छ भाइरस भए चिन तिरै फर्काउने ब्यबस्था र नेपाली भए अस्पताल लगि उपचार गरिने ब्यबस्था मिलाएको अस्पताल श्रोतले जानकारी गराएको छ । रसुवागढी नाकामा पनि सोही ब्यबस्था मिलाएको जानकारी प्राप्त भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]