१३ माघ २०७६–काठमाडौं । गत दुई हप्ता अगाडी नेपाल प्रहरीसँग गायिका आस्था राउतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गरेको हर्कतले राउतलाई महंगो पर्ने देखिएको छ । विमानस्थलमा सुरक्षार्थ खटिएकी महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतविरुद्ध कानूनी प्रक्रिया शुरु भएको छ । गायिका राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
आजै जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकाछन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको बताएकाछन् ।
काठमाडौं प्रहरी परिसर टेकुले आजै जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको आधारमा अनुसन्धानको म्याद थपको अनुमती दिएको काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको भनाई रहेको छ ।
राउतले आज बिहान मात्रै परिवारका साथमा प्रहरीसमक्ष आत्मसमर्पण गरेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भवनमा सुरक्षार्थ तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि आस्था आज आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी हुन् ।
प्रहरी जवान श्रेष्ठको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । करिब २ हप्ता पछी सिक्किमको साङ्गितिक कार्यक्रम सकेर नेपाल फर्किएकी आस्था ‘सम्पर्क’मा आएसँगै प्रहरीले उनीविरुद्ध कानूनी प्रक्रिया शुरु गरेको हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]