१३ माघ २०७६–काठमाडौ । पूर्बको पशुपतीनाथको नामले प्रख्यात खोटाङ्गमा रहेको हलेसी महादेब मन्दिर तथा सो आसपासका पर्यटकिय क्षेत्रको गुरुयोजनाको प्रस्तावित प्रतिबेदनलाई संशोधन सहित पारित गरिएको जानकारी प्राप्त भएको छ ।
हलेसी गुरुयोजना निर्माण सम्वन्धी गत शनिबार र आईतबार काठ्माण्डौंमा आयोजित दुई दिवसिय बृहत अन्तरक्रिया कार्यक्रमले गुरुयोजनाको प्रस्तावित प्रतिबेदनलाई परामर्शका आधारमा आवश्यक संशोधन गर्दै अन्तिम रुप दिएको हो ।
हलेसी र सो आसपासका पर्यटकीय क्षेत्रको बृहत्तर बिकासका लागि निर्माण गरिएको गुरुयोजनालाई लामो समयपछि अन्तिम रुप दिइएको प्रतिनिधिसभा सदस्य एबं हलेसी गुरुयोजना निर्माण समितिका संयोजक बिशाल भट्टराईले बताएकाछन् ।
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीको व्यवस्थित र दिगो बिकास गर्दै पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाको पहलमा २०७५ साल जेठदेखि गुरुयोजना सम्बन्धी प्रारम्भिक चरणका काम थालिएको हलेसी तुवाचुङ्ग नगरपालिकाका मेयर इवन राइले जानकारी दिएकाछन् ।
बृहत अन्तरक्रिया कार्यक्रमले हलेसी मन्दीर गुफालाई केन्द्रदिन्दु मानेर दुई सयमिटर बृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्ने, हलेसीको २६ रोपनी जग्गाभित्र जुनसुकै साना तथा ठूला संरचना निर्माणमा रोक लगाउने निर्णय गरेको छ ।
यस्तै, गुरुयोजनाको प्राथमिकतामा महादेव गुफा, तुवाचुङ जायजुम, होलेसुङ, ककनी र मञ्जुश्रीगुफालाई राखिएको प्रतिनिधिसभा सदस्य एबं हलेसी गुरुयोजना निर्माण समितिका संयोजक बिशाल भट्टराइले जानकारी गराएकाहुन् ।
हलेसी आसपासमा अधिग्रहणमा पर्ने घरको लागत स्टीमेट मूल्यांकन, सरकारी तथा निजी जमिनको वर्गीकरण लगायतका काम पनि सम्पन्न भइसकेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
गुरुयोजनालाई अन्तिम रुप दिनका लागि हलेसी तुवाचुङ नगरपालिकाको पहलमा २०७५ साल माघ ४ गते प्रतिनिधिसभा सदस्य भट्टराईको संयोजकत्वमा हलेसी गुरुयोजना निर्माण समिति बनाइएको थियो ।
प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, प्रदेशसभा सदस्य राजन राई, रामकुमार राई, उषाकला राई, पुर्व राज्यमन्त्री शिव बस्नेत, सर्वधन राई, पुर्वसांसद टंक राई, बिदुर पौडेल, संविधानसभा सदस्य सरस्वती बजिमय, पिके राई, दुर्गाजयन्ती राई, समिता कार्की, हरि रोका, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर बिमला राई, हलेसीका वडाध्यक्ष लगायत सदस्य रहेको समितिले गत असार ५ गतेभित्रमै गुरुयोजना तयार पारिसक्ने ‘सेड्युल’ बनाएको भएतापनि विविध कारणले समयमा सम्पन्न गर्न नसकिएको मेयर इवन राईको भनाएरहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]