१५ माघ २०७६–खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. १४ बुइपामा स्थानियहरुको पहलमा मोटरेबल बाटो को उद्घाटन भएको छ ।
स्थानिय र शुभचिन्तकहरुको आफ्नै लागत र जनसहभागितामा ३ किलोमिटर ५ मिटर फराकिलो सडक निर्माण गरी जिल्लामै पहिलो पटक कार्यक्रमको प्रमुख अतिथी बाट उद्घाटन नगरी स्थानिय बृद्वहरु ८६ बर्षिय धनसेर राई र ८५ बर्षिय जयकुमारी राईबाट रिबन काटेर संयुक्त रुपमा उद्घाटन भएको हो ।
स्थानिय ५० जना ब्यक्ती हरुको जम्मा रु ९,७७,५११। रुपैया लागतमा सम्पन्न उक्त सडकको आज एक कार्यक्रम गरी उद्घाटन गरिएको रैछाकुले कृषि सडक तथा प्रबेशद्वार उपभोक्ता समितीका अध्यक्ष मिलन राईले जानकारी गराएकाछन् ।
बुइपाको रिठ्ठाबोटे,ढालुङ,छापश्वारा,केराबारी कट्टी हुँदै पञ्चकन्या आधारभुत विद्यालय सम्म पुग्ने उक्त सडकको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा नगरपालिकका मेयर दिपनारायण रिजालले स्थानिय तहको चुनाब पछीको स्थानियको पहलमा पहिलो र उदाहरणिय विकास भएकोले सबै नगरबासीहरुले बुइपाबाट पाठ सिक्नुपर्ने र आँफुपनि प्रभाबित भएको कुरा ब्यक्त गरेका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]