दिवश रिजाल माघ १७
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी वडा न १ घर भएका ३४ वर्षका शिक्षक सहदेव राई मृत अवस्थामा फेला परेका छन् । हाल ऐसेलुखर्क गाउँपालिका वडा नं ५ महेश्वरी स्थित शिशु माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राई मृत फेला परेका हुन् ।
महेश्वरीका युबराज राईको घरमा कोठा लिई बस्दै आउनुभएका राई विहिबार बिहान नौ बजे सम्म नउठेकोले बिध्यालयका प्रधानाध्यापकलाई बोलाई ढोका खोली हेर्दा शिक्षक राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय खोटाङ्गका प्रहरी नायव उपरिक्षक डिएसपी बामदेव गौतमले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको र शवलाइ पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]