१८ माघ २०७६– काठमाडौं । नेपाल सरकारले चीनबाट भाइरल बनेको नोभेल कोरोना भाइरस प्रकोपको नेपालमा उच्च सतर्कताका लागि तयारी भएको स्पष्ट पारेको छ ।
आज सरोकारवाला निकायहरुसँगको छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको र कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताए । छलफलका क्रममा नेपालमा उच्च जोखिम नरहेको तर उच्च सतर्कता अपनाउन सरकारले सबै संयन्त्रको प्रभावकारी परिचालन गरेको बताएकाछन् ।
कोरोना भाइसरको सम्भावित प्रकोपको जोखिम नियन्त्रणका लागि के–कस्ता उपाय अपनाउने भन्ने सन्दर्भमा शनिबार सरोकारवाला निकायसँगको छलफलका क्रममा उनले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको र कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताए । जोखिम नियन्त्रणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा चीनसँगका सीमानाकामा स्वास्थ्य कक्ष सञ्चालन गरिएको उनले जानकारी दिए ।
मन्त्री भट्टराईले भने, “नेपाल अहिले कोरोना भाइरसको उच्च जोखिम क्षेत्र होइन, तर पनि चीनसँग सम्पर्क जोडिएको हुनाले सतर्कताचाहिँ अपनाउनै पर्छ, त्यसैले उच्च जोखिममा छैन तर उच्च सतर्कता अपनाएका छौँ, अन्तरमन्त्रालयको समन्वयमा सबै संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको छ ।” कोरोना भाइसरको चर्चा चलेपछि सरकारले एक सातादेखि यसले पार्न सक्ने असरका सम्बन्धमा सरोकारवालासँग छलफल गरिरहेको छ ।
चिनमा भाइरसको प्रकोप पछी आमसञ्चारमाध्यमहरुमा कोरोना भाइरसबारे नेपालका सन्दर्भमा आइरहेका विभिन्न समाग्रीले एक प्रकारका त्रास उत्पन्न गराएको भन्दै सम्बन्धित विषयमा संवेदनशील भएर सन्देश प्रकाशन प्रसारण प्रवाह गर्न पर्यटनमन्त्रीले आम सञ्चारमाध्यमलाई अनुरोध गरेकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]