दिवश रिजाल , माघ १९ खोटाङ
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका जिल्ला अध्यक्ष धर्मराज पोखरेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस खोटाङको २५ औं जिल्ला कार्य समितिको वैठकमा पोखरेल नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
पोखरेललाई वीपी स्मृती भवन दिक्तेलमा कांग्रेस सभापति नरेशकुमार श्रेष्ठ, पूर्व सभापति विष्णुकुमार राई, महासमिति सदस्य दिनेश राइ लगायतले पार्टीको झण्डा हस्तान्तरण र अविरजात्रा गरेका थिए ।
् पार्टी प्रवेश सँगै पोखरेललाई नेपाली कांग्रेस जिल्ला कार्य समितिको उपसभापति पदमा समायोजन गरिएको पार्टी पुर्व सभापति विष्णुकुमार राइल जानकारी दिए ।
लामो समय सम्म राप्रपा संयुक्तमा राजनीति गरेका पोखरेलले कांग्रेसमा राजनीतिक भविष्य देखेर आफु पार्टी प्रवेश गरेको वताए,“मुलुकमा व्याप्त भ्रष्टारचार र वेतिथि मौलाएको भन्दै अव आफु त्यस विरुद्धमा उत्रने र सम्पुर्ण कांग्रेसीहरु एक जुट भएर अघाडी वढ्नु पर्ने धारणा व्यक्त गरेका थिए । पोखरेलसँगै खोटाङ उधोग वाणिज्य संघका पूर्व अध्यक्ष रुद्र गिरी पनि कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश संगै गिरीलाई पनि सह–सचिव पद दिइएको छ ।
कार्यक्रममा गिरी उपस्थित नभए पनि उनको मनोनयन पत्र फोनबाटै वाचन गरेर सुनाइएको पुर्व पार्टी सभापती राइले जानकारी दिए । यस्तै, नेकपामा आवद्ध विजयखर्कका लेखनाथ खनाल, धनुश राई, तोयानाथ खनाल, वालकुमार ढकाल, मिलन पोखरेल, सुमन पोखरेल र भक्त शेर राई पनि कांग्रेसमा प्रवेश गरेका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]