२१ माघ २०७६–खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलान हुने कुराले नगर बासीहरुमा रौनक छाएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा दिक्तेलबजारस्थित रत्नपार्कदेखि हाटडाँडासम्मको सडक ढलान गरिने भएको दिक्तेल रुपाकोट मझुवागढीका नगर प्रमुख दिपनरायण रिजालले जानकारी गराएकाछन् ।
क्रमागत योजना अन्तरगतको बजेट बाट दिक्तेलबजारको सडक ढलानमा शहरी विकास तथा भवन निर्माण विभाग विराटनगर मार्फत यो वर्ष रु पाँच करोड खर्च हुने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताएकाछन् ।
“दिक्तेलबजारको सडक ढलानमा करीब रु १५ करोड रकम खर्च हुने डिपिआर (बिस्तृत परियोजना प्रतिवेदन) मा उल्लेख छ” उक्त डिपीआर यस भन्दा अगीनै निर्माण गरिसकिएको मेयर रिजालको भनाई रहेको छ । चाडैनै रु पाँच करोड बजेटको टेन्डर आह्वान गरेर ढलानको काम शुरु गरिनेछ ।”
अर्थ मन्त्रालयले गत पुस–२९ गते शहरी विकास मन्त्रालयलाई बजेट निकासा गर्न निर्देशन दिइसकेको छ । शहरी विकास मन्त्रालयले मातहतका शहरी विकास तथा भवन निर्माण विभागलाई बजेट निकासा गरेर कामलाई तत्काल अगाडि बढाउन पत्रमार्फत निर्देशन गरेको हो ।
सदरमुकाम स्थापना देखी हाल सम्म दिक्तेलबजारको हिँउदमा धुलाम्मे र बर्षायाममा हिलाम्मे सडकको मार खेप्दै आएका जिल्लाबासीले बजारको सडक ढलान हुने भएपछी राहत महसुस हुने कुरा ब्यक्त गरेकाछन्
। हप्ताको दुइपटक हाट लाग्ने र जिल्लाकै पुरानो बजार साथै पर्यटकिय स्थलहरुको भ्रमण गर्नको लागि सहज हुने भएपछी नगरबासीहरुमा हौसला छाएको कुरा उद्योग वाणिज्य संघका अध्यक्ष उपिन राईले बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]