२३ माघ २०७६–काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति तथा काँग्रेस संसदिय दलका उपनेता विजयकुमार गच्छदारलाई ललिता निवास जग्गा प्रकरणमा भ्रष्टचार सम्बन्धि लागेको मुद्दाको कारण बिहिबार प्रतिनिधीशभाको बैठक नेपाली काँग्रेसले अबरुद्व बनाएको छ ।
सरकारले शक्तीको दुरुपयोग गरेको भन्दै सत्ता पक्षकालाई आफैले सफाई दिएको र प्रतिपक्षलाई छानी छानी फसाएको,राजनैतिक प्रतिसोध साधेको नेपाली कांग्रेसले आरोप लगाएको छ । तथापी अपराधी लाई कार्वाही गर्नका लागि कानूनी र राजनीतिक रुपमा सामना गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।
कांग्रेसका पदाधिकारीको बैठकमा आगामी रणनीतिबारे छलफल भएको बताउँदै प्रवक्ता शर्माले कांग्रेस कानूनी प्रक्रियाबाट कुनै हालतमा पछी नहट्ने बताएकाछन् ।
‘अदालती प्रक्रियालाई हाम्रो सम्मान जहिल्यै रहन्छ । कांग्रेसले कानूनी र राजनीतिक रुपमा सामना गर्दछ । उहाँ (गच्छदार) कानूनी प्रक्रिया बाहिर रहनुहुन्न,’ पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रबक्ता शर्माले भने ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]