पुर्ब उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति एबं नेपाली काँग्रेस संसदिय दलका उपनेता समेत रहेका विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख बिगोकोे भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते गरी व्यक्तिको नाममा सारेर भ्रष्टाचार गरेको आरोपमा गच्छदारसहित पूर्वमन्त्रीहरू छविराज पन्त, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यात लगायत १७५ जनाविरुद्ध सिआइवीको अनुसन्धान प्रतिबेदनका आधारमा अख्तियारले विशेष अदालत काठमाडौंमा बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नेपाली कांग्रेसको सरकारका पालामा २०४८ सालदेखि उनी लाभको पदमा पटक–पटक पुगेका ब्यक्ती हुन् । २०४८ सालको संसदीय निर्वाचनपछि नेपाली काँग्रेस बाट लगातार निर्वाचित हुने सांसदमा गच्छदार पनि हुन् । गणतन्त्र स्थापना पछि पनि उनी माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई को सरकारमा उपप्रधानमन्त्री सहित गृहमन्त्री समेत बनेका ब्यक्ती हुन् ।
पटक पटक राजनितीक लाभलिन २०६३ सालमा मधेश आन्दोलन शुरू भएपछि गच्छदार नेपाली कांग्रेस छाडेर तत्कालीन मधेशी जनअधिकार फोरममा प्रबेश गरेका हुन् भने । माधवकुमार नेपालका पालामा सरकारमा सहभागी हुनका लागि उनले तत्कालीन फोरम फुटाएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक समेत गठन गर्न भ्याएका थिए ।
फोरम लाई प्रयोग गरी पटकौ सरकारमा सहभागी भएका गच्छदार २०७४ सालको प्रतिनिधि सभा निर्वाचनहुनु अघी नेपाली कांग्रेस पार्टी प्रवेश गरेका थिए । यस अघीनै गच्छदारले कांग्रेस राजनीति गर्ने क्रममो ६ वर्ष जेल जीवन समेत बिताइसकेका हुन् । गच्छादारलाई हाल पार्टीले संसदबाट निलम्बित गरिसकेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]