२४ माघ २०७६–काठमाडौं । प्रमुख विपक्षीदल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध आफ्नो भातृ संगठन तरुणदललाई सडक आन्दोलनमा उतार्ने भएको छ ।
ललितानिवास जग्गा प्रकरणमा पार्टी उपसभापति तथा नेपाली काँग्रेस संसदिय दलका उपनेता विजय गच्छदारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा भ्रष्टचारको मुुद्दा लगाइएको आरोप लगाउदै कांग्रेसले भ्रातृ संगठनको अगुवाईमा आन्दोलन गर्ने भएको हो ।
आरोपित गच्छदारसँगै अर्का उपसभापति विमलेन्द्र निधि लगायतका नेताहरुले बिहीबार भ्रातृ संगठनहरुको बैठक राखेर आन्दोलन गर्न निर्देशन दिएको श्रोतले जनाएको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतकाअनुसार शुक्रबार १ बजे नेवि संघको संयोजनमा माइतीघर मण्डलामा ¥याली निकालिने छ । आइतबार तरुण दलको संयोजनमा देशभर ¥याली तथा विरोध प्रदर्शन हुनेछ ।
‘राजनीतिक पूर्वाग्रहका आधारमा मुद्धा चलाएकाले अख्तियारविरुद्ध आन्दोलन गर्न बाध्य भएका हौ बस्नेतको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]