२४ माघ २०७६–काठमाडौं । राजस्व चुहावट मुद्दामा जेल जिवन बिताइरहेको व्यक्तिलाई जेलबाट छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा कानुन ब्यबसायी अधिवक्ता टंकबहाुर राना मगर लाई अनुसन्धानका लागि प्रहरीले आज पक्राउ गरेको समचार प्राप्त भएको छ ।
पक्राउ परेका अधिबक्ता राना मगर माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत रहेको महानगरिय अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।
अधिबक्ता मगरले नख्खु कारागारमा जेल जिवन बिताइरहेका रमेश दाहाललाई भनसुनको आधारमा छुटाइदिन्छु भन्दै दाहालको परिवारबाट ४२ लाख रुपैयाँ घुस लिएको प्रहरीको दाबी छ ।
दाहाल राजस्व चुहावटको आरोपमा २७ मंसिर २०७५ मा पक्राउ परेका थिए र उनीलाई अदालतले २ करोड २५ लाख रुपैयाँ धरौटी मागेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]