२५ माघ २०७६–सिन्धुपाल्चोक । जिल्लाको पाँचपोखरी गाँउपालिकाको तिपेनीस्थित प्रहरी चौकीमा गत मध्यराति अज्ञात व्यक्तिको समूहबाट अन्धाधुन्द आक्रमण भएको खबर प्राप्त भएको छ ।
अज्ञात समूहको आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर सख्त घाइते भएका जानकारी आएको छ ।
एक दर्जन बढी मोटरसाइकलमा आएको अज्ञात समूहले मध्यराति १ः३० बजेको समयमा एक्कासी प्रहरी चौकीमा ढुङ्गामुढा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिएका छन् ।
प्रहरी चौकी तिपेनीमन आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि चार राउण्ड हवाइ फायर गरेको एसपी महर्जनको भनाई रहेको छ । एसपी महर्जनका अनुसार जिल्लाबाट आफु सहित प्रहरी टोली रातारात घटनास्थलमा खटिएको बताएकाछन् ।
आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जना सहित दुई मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी चौकीमा किन, कसले आक्रमण ग¥यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]