२५ माघ २०७६– काठमाडौं । सर्बोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दावी गर्दै पुनः दायर गरेको रिटे खारेज गरिदिएको जानकारी प्राप्त भएको छ ।
प्रेरणा शाहले आफ्नो नाममा दावी गर्दैआएको काठमाडौंको छाउनीस्थित १५ रोपनी एक आना जग्गा नेपाल ट्रष्टकै मातहत हुने भनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जनाको संवैधानिक इजलाशले शुक्रबार यस्तो फैसला सुनाएको जानकारी आएको हो ।
इजलाशमा राणासहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह रहेका थिए । २०६४ साल पुस १ गते सरकारले पूर्वराजा वीरेन्द्रको सम्पत्तिका रुपमा रहेको जग्गा नेपाल ट्रष्टमा गाभ्ने निर्णय गरेको थियो । छाउनीको जग्गा आफ्नो दाइजो भएको दावी गर्दै प्रेरणाले पहिलो पटक २०७१ माघ २५ मा सर्र्वाच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
तत्कालीन प्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर जबराले २०७२ असोजमा प्रेरणाकै पक्षमा फैसला गरेका थिए । तर उक्त फैसलाविरुद्ध नेपाल ट्रष्टले पुनरावलोकनको निवेदन हालेको थियो ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्ल प्रधानको संयुक्त इजलासले २०७३ पुस २१ गते सो जग्गा ट्रष्टकै हुने फैसला गरेको थियो । तर, आफूले दाइजोको रुपमा पाएको जग्गा सरकारले नेपाल ट्रष्टअन्तर्गत ल्याउन नमिल्ने भन्दै प्रेरणाले २०७५ पुस ६ गते फेरि रिट दायर गरेकी थिइन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]