२५ माघ २०७६–काठमाडौं, । बालुवाटार स्थीत ललिता निवास जग्गा प्रकरणमा प्रर्दशन गर्ने प्रर्दशनकारी हरुलाई प्रहरीले शनिबार माइतीघर मण्डला बाट पक्राउ गरेको छ । विवेकशील नेपाली दलका रञ्जु दर्शना सहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल,शिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु ११ जनालाई नियन्त्रणमा लिएको छ ।
ललिता निवासको जग्गा हत्याउन संलग्नलाई अख्तियारले मुद्दा लगाउने र नलगाउने निर्णयमा पक्षधरता देखाएको भन्दै विवेकशीलले ‘भ्रष्ट्रचारीलाई रेड कार्ड’ अभियानअन्तर्गत विरोध गरेको जनाएको छ ।
आफ्ना दलका नेता तथा कार्यकर्ता पक्राउ परेपछी हिजै विवेकशील दलकी उपाध्यक्ष अजीता राईले प्रहरी नियन्त्रणमा रहेकाहरूलाई बिना शर्त रिहा गर्न बिज्ञव्ती जारी गरेकी छन् । ‘प्रदर्शनमा गएका विवेकशील नेपाली दलका ११ जना नेता, सदस्यलाई प्रहरीले नियन्त्रण गरेकोमा तत्कालै रिहा गर्न माग गर्दछौं,’ बिज्ञप्तीमा उल्लेख छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]