दिवश रिजाल खोटाङ माघ २७
जिल्ला प्रशासन कार्यालयमा आईतवार प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र पठाउँदै तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै मुद्धामा मनोमानी ढंगले कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै निर्णय सच्याउन जोडदार माग गरेका छन् । नेपाल तरुण दल खोटाङका अध्यक्ष भिषण राईको हातवाट जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी श्यामकुमार राई मार्फत तरुण दल खोटाङले ज्ञापन पत्र वुझाएको हो ।
ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजय गच्छेदारमाथि प्रतिशोध साँध्ने र तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र विष्णु पौडेललाई उन्मुक्ती दिने निर्णय गरेर कानुनी राज्यमा लोकतन्त्रको धज्जी उडाएको तरुण दलका ठहर छ ।
कानुनले सबैलाई समान दृष्टिले हेर्ने छ भन्ने मान्यता विपरित चोरले ‘मैले चोरेको सामान फिर्ता गर्छु मलाई कारबाही नहोस’ भन्ने पौडेललाई मुद्दा दायर नहुनु हांस्यासपद र लज्जासपद विषय बनेको नेपाल तरुण दलका अध्यक्ष भिषण राईले वताए ।
भ्रष्टाचारीलाई जोगाउने हाम्रो लक्ष्य होईन तर एउटै अपराधका कसुरदारलाई कसैलाई मुद्दा लगाउने र कसैलाई सफाई दिने निर्णय तत्काल सच्चियोस भनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]