२९ माघ २०७६– काठमाडौं, नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा एक नम्बर प्रदेशका डिआइजी रहेका ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ ।
ज्ञवालीले अर्का प्रतिस्पर्धी डिआइजी तारिणी लम्साललाई पछि पार्दै नेपाल प्रहरीको २७ औँ महानिरिक्षक भएका हुन् । सरकारले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ को नियम ४१ मा नेतृत्व गर्न सक्ने कुशलता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता र ज्येष्ठतासहित ६ वटा आधारमा टेकेर ज्ञवालीलाई आइजीपीमा नियुक्ती गरेको जनाएको छ ।
गत सोमबार बसेको बैठकले निर्णय लिन नसकेपछि मंगलबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवलीलाई आइजीपी बनाउने निर्णय गरेको बालुवाटार श्रोतले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]