२९ माघ २०७६–काठमाडौं, नेपाल सरकारले चिनमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते शनिबार नेपाल ल्याउने भएको छ । मन्त्रिपरिषद्ले मंगलबार त्यहाँका नेपालीलाई फर्काउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
नेपाली विद्यार्थी फिर्ता ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज पठाइने भएको छ । चिनकाृ हुबेइ प्रान्तमा रहेका १८० नेपाली विद्यार्थीले घर फिर्तीका लागि बेइजिङस्थित नेपाली दूतावासमा अनलाइन आवेदन समेत दिइसकेको खबर छ । फिर्ता ल्याउन ढिलाइ गरेको भन्दै ती विद्यार्थीका अभिभावकले सरकारको विरोध गर्दै आएका थिए । उनीहरूलाई छिटो फर्काउन संघीय संसदमा समेत सांसदले चर्को आवाज उठाउँदै आएका छन् ।
सरकारले चीनबाट ल्याइने कोरोना प्रभावित नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिने जनाएको छ । खरिपाटीका स्थानीयले भने घनाबस्ती रहेको स्थानमा चीनबाट फर्काइने नेपालीलाई नराख्न विरोध गर्दै आएका थिए ।
स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, भक्तपुर तथा तीनवटै सुरक्षा निकाय र स्थानीयबीच मंगलबार भएको छलफलपछि खरिपाटीमा ‘आइसोलेसन सेन्टर’ राख्न दिने सहमति भएको हो ।
चीनबाट फर्काइने नेपालीलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वास्थ्य मन्त्रालयको सहकार्यमा प्राधिकरणको तालिम केन्द्रको होस्टलमा राखिनेछ । त्यहाँ २०० जनासम्मलाई आइसोलेसनमा राख्न भौतिक, चिकित्सकीय र सुरक्षालगायत तयारी भइसकेको मन्त्रालयले जनाएको छ । चीनबाट ल्याइनेहरूको चिकित्सकीय निगरानीका लागि मन्त्रालयले ८६ जना स्वास्थ्यकर्मीलाई विशेष तालिमसमेत दिइसकेको जनाएकोछ ।
चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका १८० नेपाली विद्यार्थीलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमान तयारी अवस्थामा रहेको छ । निगमले चीनको हुबेईमा जाने चालक दलसहितको टिम बनाइसकेको छ । निगमबाट १४ जना वुहानको उडानमा सहभागी हुनेछन् ।
जसमा तीन जना पाइलट, सात जना क्याबिन क्रु, दुई जना इन्जिनियर, एक जना फ्लाइट डिस्प्याचर र एक जना लोडमास्टर रहेका छन् । बुधबार उनीहरूलाई स्वास्थ्यसम्बन्धी तालिम दिइँदैछ । उक्त उडानमा सरकारले चार जना स्वास्थ्यकर्मी खटाउने भनेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]