१ फाल्गुन २०७६–काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधीसभा सांसद विशाल भट्टराईले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो नाममा राख्ने जो कोहीलाई कानूनी कठगरामा ल्याउन सरकारसँग माग मागगरेकाछन् ।
बुधबारको प्रतिनिधिसभा संसदमा शुन्य समयमा बोल्दै भट्टराईले सरकारी स्वामित्वको जग्गा आफ्नो नाममा राख्नेलाई अदालत र अख्तियारले कारबाही गर्नुपर्ने धारणा राखेकाहुन् ।
नेपालको केन्द्र काठमाडौं, काठमाडौंको पनि केन्द्र बालुवाटार जस्तो ठाउँको सरकारी स्वामित्वको जग्गा हाकाहाकी आख्ने स्वामित्वमा पार्ने हर्कत गर्ने हरेकलाई अख्तियार र अदालतले कारबाही गर्नुपर्ने सांसद भट्टराईको तर्क थियो ।
“देशभरका अतिक्रमित सम्पूर्ण सरकारी जग्गा खोजबिन गर्नका निम्ति उच्चस्तरीय आयोग गठन गरेर सरकारले यथाशीघ्र कदम अगाडि बढाओस”, सांसद ले भने, “सरकारी तथा गुठीको जग्गा अतिक्रमण गर्ने जोकोहीलाई उन्मुक्ती दिनुहुन्न ।”
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]