३ फागुन २०७६–काठमाडौं । कोरोना भाइरसले थिङथिलो चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज वुहान प्रस्थान गरेको छ ।
आज अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको वुहानको लागि वाइडबडी जहाज प्रस्थान गरेको हो । कोरोनाभाइरसको मुहान रहेको वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जानकारी प्राप्त भएको छ ।
३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एक एक जना इन्जिनियर र लोडमास्टर रहेको बताईएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने विमान आजै राति ९ बजे वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।
वुहानबाट स्थानीय समयअनुसार राति ११ बजे नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कने छ । आइतबार बिहान सवा २ बजेतिर २७७ सिटे यो जहाज नेपाली लिएर काठमाडैं आइपुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।
नेपाल आउनका लागि हाल चीनका चार–पाँच शहरका नेपालीहरु वुहानमा जम्मा भएर बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताएका छन् । नेपाल आउन १८५ नेपालीले चीनस्थित नेपाली दूतावासमा निवेदन दिएको समचार प्राप्त भएको छ ।
नेपालमा ल्याएर कोरोना प्रभावितहरुलाई क्वोरन्टाइनस्थल भक्तपुरको खरीपाटी स्थीत नेपाल विद्युत प्राधिकरणको तालिमहलमा राखिने छ’, श्रेष्ठले भने । काठमाडौं आइसकेपछि चीनबाट फर्किएका ती नेपालीलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]