दिवस रिजाल, माघ ५ खोटाङ
खोटाङ उद्योग वाणिज्य संघ द्धारा आयोजनामा भईरहेको प्रथम खोटाङ दिक्तेल महोत्सवको चौथो दिनसम्म १९ हजार जनाले अवलोकन गरेका छन् भने १० लाख वरावरको कारोवार भएको छ । ‘आर्थिक समृद्धि आधार, व्यवसाय प्रवर्धनको लागि पूर्वाधार’ भन्ने नराकासाथ दिक्तेल स्थित माटिकोरे खेलमैदानमा चलिरहेको प्रथम खोटाङ दिक्तेल महोत्सवको उद्घाटन प्रदेश नं १ मा मुख्यमन्त्री शेरधन राईले शुक्रवार गरेका थिए ।
उद्योग वाणिज्य संघका महासचिव मनोज कुमार वजिमयले शुक्रवार उद्घाटनका दिन १० हजारले अवलोकन गरेर ४ लाख वरावरको कारोवार भएको जानकारी दिए । त्यस्तै शनिवार ३५ सय जनाले अवलोकन गरेर २ लाखको कारोवार भएको उनले वताए । यस्तै आइतवार २९ सय जनाले अवलोकन गरेका थिए भने सोमवार करिव ३ हजारले अवलोकन गरेका थिए । आइतवार र सोमवारको कारोवार भने करिव ४ लाखको कारोवार भएको छ । वजार मुल्य भन्दा सस्तो भए पनि खासै कारोवार नभएको व्यापारीहरु गुनासो पोख्छन् । महोत्सवमा भित्रने जनसमुदायमा टिकटको व्यवस्था गर्दा खासै ग्राहक नआउने र व्यापार हेर्दा स्टलमा वसेको भांडा समेत तिर्न नपुग्ने व्यापारीहरु गुनासो गर्छन । धेरै जसो व्यापारीहरु जिल्ला भन्दा वाहिर काठमाडौं वाट आएका छन । महोत्सवमा १२० स्टल राखिएको छ जसमा कृषि तथा आधुनिक औजारहरु, हस्तकलाका औजारहरु, वित्तिय वैंक तथा संस्थाहरुको स्टल, पर्यटन प्रर्वद्धन स्टलहरु, वेकरी तथा होटल, प्रविधि तथा ईलेीक्ट्रोनिक समानहरु, काप्रेटिङ तथा डेकुरेसिङका समानहरु, निशुल्क स्वास्थ्य शिविर सञ्चालन, वाल उद्यान तथा मनोरञ्जनका स्टलहरु, पिङ, रेल, कार लगायतका समानहरु राखिएको वजिमयले जानकारी दिए ।
दैनिक राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने वजिमयले जानकारी दिए । एक लाख भन्दा वढी अवलोकन कर्ताहरुले अवलोकन गर्ने र एक अर्व सम्मको कारोवार हुने आयोजकको लक्ष्य रहेको छ ।
प्रथम खोटाङ दिक्तेल महोत्सवले स्वास्थ्यको लागि मनोरञ्जन प्रदान गर्ने , दिक्तेल वजारको वजार प्रवद्र्धन गर्ने , पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा सहयोग गर्ने , स्थानिय सस्कृतिलाइ देश तथा विदेशसम्म प्रचार प्रसार गर्ने उद्देश्य लिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]