५ फागुन २०७६–काठमाडौं, । संसद सचिवालयकी कर्मचारी रोशनी शाही माथी जबरजस्ती करणि प्रयास अभियोगमा मुद्दा लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई सोमबार काठमाण्डौ जिल्ला अदालतले सफाई दिएको छ ।
डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा भएका छन् भने कृष्ण बहादुर महरा संगै उपशभामुख रहेकी डा.शिबमाया तुम्वाहाम्फे भने कानुन न्याय तथा संसदिय मामिला मन्त्रीको शपथ ग्रहण गरेर मन्त्रालयको कार्यभार सम्हालेकीछन् ।
गत असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूमाथि जबरजस्ती करणी प्रयास गरेको आरोप लगाएकी थिइन् । असोज १४ मा महराले सभामुख पदबाट राजीनामा दिएका थिए । उजुरी दर्ता भएपछि असोज १९ मा उनी पक्राउ परेका थिए । एक महिना हिरासतमा बसेपछि तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
अदालतले सफाई दिएपछी डिल्लीबजार कारागारबाट महरालाई माला लगाई दिएर विदा गरिएको छ । उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।
बिदाईको क्रममा उनले भने कारागारमा सबैबाट राम्रो व्यवहार पाएकोमा सबैप्रति आभार प्रकट गरेका छन् । ‘प्रहरी साथीहरु, माननिय रेशम चौधरीलगायतसँग राम्रोसँग बसें र सबैबाट राम्रो व्यवहार भयो’, महराले भने, ‘बाँकी कुरा पछि भनौंला ।’
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]