७ फाल्गुण २०७५–काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएपछि उपचारको लागि त्रि.वि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरापिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ‘एन्जीयोग्राफी गरिएको छ ।
त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बेलुका भर्ना भएका उनको ‘एन्जीयोग्राफी गरिनुका साथै क्याथ ल्यावमा स्वास्थ्य परीक्षण भैरहेको जानकारी प्राप्त भएको छ।
ओलीको उपचा।मा संलग्न चिकित्सकका अनुसार एन्जीयोग्राफी नसाबाट क्यामरासहितको तार मुटुभित्र पठाउने र मुटुको परीक्षण गर्ने प्रविधि हो । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अरुण सायमीका अनुसार ‘एन्जीयोग्राफी प्रक्रियाबाट मुटुको परीक्षण गर्नुलाई सामान्य मानिन्छ ।
यसअघी प्रधानमन्त्री ओलीको मृगौलाको डायलसिस गरिँदै आएको थियो भने पछिल्लो समय गत मंगलबार मुटुमा केही समस्या देखिएर अस्पताल भर्ना गरिएको श्रोतले जनाएको छ ।
पछिल्लो पटक मनमोहन सेन्टरमै उनको नियमित डायलासिस हुँदै आएको छ । ओलीको गत मंसिरमा एपेन्डिसाइटिसको अप्रेसन पनि उही अस्पतालमा भएको थियो।
ओलीको ०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण समेत गरिसकिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]