पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा लोकतान्त्रिक गणतन्त्र जनताको नजरमा सार्थक हुन नसकेको तर नेतामुखी भएको टिप्पणी गरेका छन् ।
फाल्गुण ७ गत्ते मनाइने प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा मंगलबार विज्ञप्ति जारी गर्दै शाहले प्रजातन्त्र जीवन पद्धति र व्यवहारमा देखिनुपर्ने बिज्ञप्तीमा उल्लेख गरेकाछन् ।
ज्ञानेन्द्रले बिज्ञप्तीमा उल्लेख गरेकाछन्, ‘प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रुपमा होइन सारमा झल्कनु पर्दछ । प्रजातन्त्र कुनै अलंंकार, नामान्तर वा रुपान्तरण मात्र होइन । त्यो जीवन पद्धति र व्यवहारमा देखिनु पर्दछ।’
‘प्रजातन्त्र केही टाठाबाठाका निमित्त मात्र होइन’ भन्दै उनले भनेका छन्, ‘केहीको आर्थिक स्वार्थका लागि मात्र होइन । सबै जनता र सिंंगो देशका निम्ति प्रतिफलकारी हुनुपर्छ ।’
शाहले दिवा सपनाको भ्रम मात्र नबाँड्न भनेका छन् । ‘हामीले हाम्रो इतिहास नभुलौँ, वर्तमानलाई नर्बिसौँ र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली सर्वहितकारी ‘प्रजान्त्रिक धर्म’ को निर्वाह गरौँ ।’
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]