राजनितिक दलका भातृ संगठन स्वतन्त्र विद्यार्थी युनियनको फाल्गुण २४ गत्ते गर्ने भनिएको चुनाव अनिश्चितकालका लागि स्थगित भएको खबर प्राप्त भएको छ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको मंगलबार बसेको बैठकले अर्को सूचना नआउन्जेलसम्मका लागि स्ववियू निर्वाचन स्थगित गर्ने निर्णय गरेको जनाइएको छ । यसअघि फागुन १४ गते निर्वाचन हुने निर्णय भएको थियो ।
त्रिभुवन विश्वविखलयको अनुसार विद्यार्थी संघसंगठन एकमत हुन नसकेको कारण स्ववियू चुनाव स्थगित गरिएको बताइएको छ ।
यस अघि देखीनै नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले स्ववियू निर्वाचन गराउन त्रिविको निर्वाचन समिति प्रमुख रहने रेक्टर पदमा पदपूर्ति गर्न माग गर्दै आएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]