दिवस रिजाल
खोटाङ, ७ फागुन । प्रेस सङ्गठन नेपाल खोटाङले पूर्णता पाएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङको बुधबार बसेको संयुक्त भेलाले खेमराज अधिकारीको संयोजकत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको सहसंयोजकमा प्रेस सेन्टर नेपाल खोटाङका पूर्व अध्यक्ष सुर्य तामाङ रहनुभएको छ । सदस्यमा रामधन राई, डिएम चाम्लिङ, दिवस रिजाल, सँगिता राई, सविना अछामे, राकेश भुजेल ‘उमेश’, सञ्जिव राई, सन्तोष पौडेल, रमिला राई, सर्मिला राई ‘सृष्टि’, खेम पुरी, कोशीकुमार राई, प्रेम श्रेष्ठ, भुमिका न्यौपाने, अशल चरित्र, प्रमिला बञ्जरा, याम खड्का, पुष्प राई, सुदेश राई, फडिन्द्र पोखरेल र प्रविन शंकर चयन भएका छन् । केन्द्रीय सदस्यद्धय हरिवोल आचार्य र भीम राईको उपस्थिति रहेको थियो ।
समितिको सल्लाहाकारमा उजुर राई, डम्बरसिह राई, उमेत राई, दमन राई र विजयकुमार राई रहेका छन् । तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भएपछि भातृ सङ्गठन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल मिलेर प्रेस सङ्गठन नेपाल बनेको हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]