८ फागुन २०७६ – काठमाडौं । कडा स्वभाव भएका भनिएका सरकारका प्रवक्ता , सरकारलाई हेप्नी ? दुई तिहाई लाई हेप्नी ? जस्ता थेगोले प्रख्यात, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको बिषयलाई लिएर चौतर्फी प्रश्न उठेपछी नैतिकताका आधारमा राजीनामा दिएको बताएकाछन् ।
स्वीस कम्पनी संग सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको आरोप लागेका बाँस्कोटाले बिहीबार दिउँसो प्रतिनिधी शभाको बैठकपछी प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको जनाएकाछन् ।
प्रधानमन्त्री केपी शर्माओली लाई राजीनामा बुझाएपछी सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु भनी ट्वीट सम्म गरेकाछन् ।
आजै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधी शभाको बैठकमा बाँस्कोटाले प्रधानमन्त्री सामु राजीनामा दिएको अनौपचारिक जानकारी आइसकेको सदनलाई जानकारी गराएका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]