८ फागुन–२०७६ काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीस कम्पनी संग ७० करोड कमिसन मागेको आरोप लागेका सूचना प्रविधी तथा सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री युवराज खतिवडालाई सञ्चारमन्त्रीको समेत जिम्मेवारी दिएको जानकारी प्राप्त भएको छ ।
मन्त्री बाँस्कोटाले कमिसनका लागि बार्गे्निङ गरेको अडिओ बाहिरिएपछि बिहीबार नैतिकताका आधारमा प्रधानमन्त्री सामु राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा एक स्वीस एजेन्टसँग ७० करोड कमिसनको अडियो सार्वजनिक भएपछी बाँस्कोटाले मन्त्री पद गुमाएका हुन् ।
समाजवादी पार्टीले सरकार छाडेपछि रिक्त भएको सहरी विकास मन्त्रालय समेत सम्हाल्दै आएका बाँस्कोटाको राजिनामा पछी उक्त सहरी विकास मन्त्रालयको जिम्मेवारी भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङलाई दिइएको खबर प्राप्त भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]