८ फागुन २०७६–काठमाडौ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनी संग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोडको कमिसन मागेको भनी चौतर्फी समचार सम्पे्रषण भएपछी सम्बन्धित समाचारप्रति नेपालस्थित स्वीजरल्याण्ड दूताबासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको बिषयमा कुनै पनि छलफलमा दूताबासको संलग्नता नरहेको विज्ञप्ती मार्फत प्रष्ट पारेको जनाएको छ ।
दूताबासले आजै एक विज्ञप्ति जारी गर्दै सो घटनासँग सम्बन्धित कुनै पनि छलफल नभएको र भविष्यमा पनि नहुने जनाउदै समाचारमा उल्लेखित व्यक्तिसँग दूताबासको कुनै सम्बन्ध नरहेको र सो व्यक्ति स्वीस कम्पनीको स्थानीय एजेन्ट नभएको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]