९ फागुन २०७६– काठमाडौ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा चौतर्फी पश्न उठेपछी राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा बिहीबार साँझ अख्तियारले छापा मारेको जानकारी प्राप्त भएका् छ ।
अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले सञ्चारमाध्यममा आएका विषयमाथि अध्ययन सुरु गरिएको जानकारी दिएकाछन् ।
सादा पोसाकमा मन्त्रालय पुगेका सुरक्षाकर्मीहरु द्वारा बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएको हो । मन्त्रीले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले बताएको छ ।
अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालालका अनुसार ‘सञ्चारमाध्यममा आएका विषय अध्ययन गर्ने र हेर्ने काम गरिरहेका छौं,’ । अध्ययनपछि मात्रै अनुसन्धान हुनेछ । अनुसन्धानका विषयमा भने निर्णय भइनसकेको बताएकाछन् ।
कमिसन मागेको अडियो सार्वजनिक भएपछि छानबिन अघि बढाउन उजुरी पर्खिरहनु नपर्ने अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले बताएका छन् । उपाध्यायका अनुसार अडियोको प्रमाणीकरण भने गर्नुपर्ने बताए ।
उनले कमिसनको ‘डिल’ गर्ने एजेन्ट विजयप्रकाश मि श्रलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए । उपाध्यायले बाँस्कोटाको मन्त्री भएपछिको परिवर्तनका आधारमा उनको सम्पत्ति छानबिन गर्न सुझाव दिए ।
उपाध्यायका अनुसार बाँस्कोटाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुन सक्छ । ऐनको दफा २१ मा भ्रष्टाचार निवारण ऐनअन्तर्गत सजाय हुने कसुर गर्न उद्योग गर्नेलाई त्यस्तो कसुर गर्ने राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ । बाँस्कोटाले भ्रष्टाचार उद्योग गरेको ठहर भएमा ८ वर्षसम्म कैद र बिगोको आधार सजाय हुन सक्नेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]