११ फाल्गुण २०७६–काठमाण्डौं । बिभिन्न थेगोले चर्चित नेकपाका केन्द्रिय सदस्य एबं पूर्व सञ्चार मन्त्री गोकुल प्रसादद बास्कोटा र स्वीस कम्पनीका नेपाली ऐजेन्ट मिश्र बिच भएको ७० करोड कमिसन डिलको अडियोका सम्बन्धमा नेकपा आँफैले छानविन नगर्ने निर्णय गरेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका निम्ति डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री पदबाट राजीनामा दिएका गोकुल बास्कोटामाथि उनको दल नेकपाकै कतिपय नेताहरूले उनीमाथि पार्टीले समेत छानबिन गर्नुपर्ने माग राखेको थियो ।
शनिबार बसेको नेकपा सचिवालय बैठकले ‘राज्य संयन्त्रले नै छानबिन गर्ने भएपछि पार्टीले छुट्टै छानबिन गर्नुको औचित्य नरहेको निश्कर्ष निकालेको छ ’ प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटामाथि राज्य संयन्त्रले नै छानबिन गर्ने’ बताएका छन् ।
कसिमन डिल प्रकरण बाहिरिएपछि गत बिहीबार पदबाट राजीनामा दिएका बास्कोटाको उक्त काण्ड अख्तियार लगायतका राज्यका निकायले अध्ययन गरिरहेकोले छानबिनमा सहयोग पुर्याउने जानकारी नेकपा सचिवालय बैठकमा गराइएको जानकारी प्राप्त भएको छ ।
नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने गल्ती गर्ने कसैलाई राज्य बाट उन्मुक्ती नहुने धारण प्रष्ट पारेको खबर प्राप्त भएको छ । सचिवालय बैठक लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका प्रचन्डले भेटमा बाँस्कोटा प्रकरणबारे छलफल भएको जानकारी दिएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]