१२ फागुन २०७६–काठमाडौं । नोबेल कोरोना भाइरसले थिङथिलो भएको चिनपछी सोको संक्रमणबाट दक्षिण कोरियाली हरुमा पनि सन्त्रास उत्पन्न भएको छ ।
कारियास्थीत विभिन्न शहरमा तीब्ररुपमा कोरोना प्रभावित बिरामी देखिन थालेपछि कोरियामा रहेका ४४ हजार बढी नेपालीहरुमा सन्त्रास थपिएको हो । कोरियाका अधिकांश मुख्य शहरमा नेपाली कामदार र विद्यार्थीहरु रहेकाछन् ।
कोरिया स्थीत नेपाली राजदूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित छ । यो शहरमा करिब १ हजार नेपाली कार्यरत रहेको अनुमान गरिएको दूतावासका श्रम कन्सुलर डिल्लिराम बास्तोलाले जानकारी दिएकाछन् ।
‘‘कोरियामा हिजो आइतबार मध्यान्हसम्म ५५६ जना कोरोना संक्रमित भेटिसकिएका छन् । हाल सम्म कुनै नेपालीमा यस्तो संक्रमण नदेखिएको बाँसतोलाले जनाएकाछन् । कोरियामा मात्र ४ जनाको मृत्यु भइसकेको छ ।
संक्रमण फैलिन सुरु गरेपछि सरकारले उच्च सतर्कता आपनाएको छ । नेपाली दुताबासले पनि नेपालीहरुलाई सचेत बनाउन लागेका कन्सुलर बाँस्तोलाको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]