१३ फाल्गुण २०७६–काठमाण्डौ । नेपाली राजनितिमा प्रचण्ड कुनैपनि बेला कुनै पनि निर्णय आफू अनुकूल ‘यु–टर्न’ लिन सक्ने नेताका रुपमा परिचित नाम हो ।
नेकपाको अध्यक्ष प्रचण्डले केही समय अघि केपी ओली लाई भनेका थिए–अव तीन बर्ष तपाईनै प्रधानमन्त्री बन्नुहोस्, अस्थिरताको सन्देश नदिऔं । मेरो तपाईलाई पूर्ण समर्थन रहनेछ भनेको हुँ ।’ यो बाणी हो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ।
तर त्यसो भनेको एक साता बित्न नपाउदै प्रचण्डले घातक कदम उठाएका छन् । उन्ले आफू प्रधानमन्त्री नहुने बताएको त सही नै थियो तर त्यसमा महत्वकाँक्षी बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भनी उक्साएर राष्ट्रियशभा सदस्य नै बनाइदिएको जानकारी प्राप्त भएको छ ।
वामदेव स्वयम् जनमतद्वारा हरुवा नेता हुन् । उनले प्रचण्डको बुँई चढेर प्रधानमन्त्री हुने सपना देख्नु नै जनमतको तिरस्कार भएको आफ्नै पार्टीभित्र चर्को बिरोध शुरु भएको छ ।
जनताले मत नदिएको व्यक्ति संसद प्रवेश गर्नु नै अनुचित छ । वामदेवका लागि संविधान संसोधन गर्ने, त्यसका लागि कार्यदल बनाउने, त्यसलाई मस्यौदा स्वयम गौतमले उपलब्ध गराउने । आदि कारणले गर्दा संविधानको मर्म बिपरीत हुने कुरामा आम पार्टी कार्यकर्तामा चिन्ता बढेको नेकपाको नेता कार्यकर्ताहरुले जनाएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]