१४ फागुन २०७६–काठमाडौं, । पूर्ब कानुन न्याय तथा संसदिय मामिला मन्त्री तथा नेकपाका केन्द्रिय सदस्य, संघिय सांसद शेरबहादुर तामाङले शासकीय स्वरुप परिवर्तन गरेर राज्य सञ्चालन गर्नुपर्ने कुरा बताएकाछन् ।
प्रतिनिधिसभाको मंगलबार सञ्चालित बैठकमा विशेष समयमा बोल्दै पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री तामाङले खर्चिलो निर्वाचन प्रणालीले विकास थिलोथिलो भएको र भ्रष्टाचार मौलाएको जनाउँदै आँफुले संबिधान निर्माणको क्रममानै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको ब्यबस्थापन गरौं भन्ने सुझाब दिएको र अब पनि संविधान संसोधन गरेर सोही प्रणालीमा जानुको विकल्प नरहेको बताएकाछन् ।
बर्तमान अबस्थामा भ्रष्टचार मौलाउनुको पछाडी नेताहरुले निर्वाचन जितेपछि जनताप्रति भन्दा, निर्वाचन खर्चप्रति बफादार बन्नुपर्ने अवस्था बन्दै गएकामा चिन्ता व्यक्त गर्दै उनले भने, ‘म हार्दिक आह्वान गर्दछु, प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ, संसद् पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा हुनुपर्छ ।’
विकास खर्चभन्दा साधारण खर्च ६० प्रतिशतले बढ्दै गएको जनाउँदै उनले संरचना घटाएर विकासमा खर्च गर्न सकिने बताए । महँगो शासकीय स्वरुप परिवर्तन गरी जनताको आकाङ्क्षा सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।
सात सय ५३ स्थानीय तहलाई घटाएर ३५० को हाराहारीमा बनाउन तथा राजधानीको विकास गर्न बृहत काठमाडौं उपत्यका विकास प्राधिकरण बनाएर जानुपर्ने सुझाव पनि उनले दिएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]