दिवस रिजाल
खोटाङ फागुन १९ ।
महालेखापरीक्षकको टोलीले दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगरी फिर्ता गएको महालेखाको टोली पुन लेखा परीक्षणको लागि फर्किएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ९ स्थानीय तहको मात्र लेखापरिक्षण गरेर फर्किएको महालेखाको कार्यालयका केन्द्रिय निद्रेशक रमेश नेपाल सहित इन्जिनियरको टोली दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखापरिक्षणको लागि आइपुगेको होे ।
४६ दिनसम्म बसेर लेखा परिक्षण गरेको र लेखापरीक्षण गर्न दिप्रुङ चुइचुम्मा गाउंपालिकालाई खोटाङ वजार वोलाएको तथा वोलाएको ठाउंमा उपस्थित नभएपछि दिप्रुङ चुइचुम्माको लेखापरिक्षक छुटेको थियो ।
गाउँपालिकाको कार्यालयमा बैठक राखेर उक्त महालेखाको टोलीलाई गाउँपालिकाका सम्पुर्ण कागजात हस्तान्तरण गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिए ।
कार्यालयमा आएर लेखापरीक्षण गर्न आग्रह गर्दा महालेखापरीक्षकको टोलीले जनशक्ति अभाव देखाउँदै काठमाडौँ फकिएपछि यस गाउँपालिकाको लेखापरीक्षण छुटेको थियो । कागजमा उल्लेख भए अनुसारको काम भए नभएको साइडमै आएर हेरिनु पर्छ भन्ने हाम्रो माग हो । अध्यक्ष राईले भने अहिले इन्जिनियर सहित महालेखाको टोली आउँदा हाम्रो माग सम्वोधन भएको वताए ।
आर्थिक वर्ष २०७५÷७६ को संघ, प्रदेश र स्थानीय तह, संगठित संस्था तथा समितिको लेखा परिक्षणका लागि खोटाङमा छुट्टा–छुट्टै तीन टोली आएको थियो । महालेखाले गत मंसिर १५ गते श्रेष्ता लिएर खोटाङ वजार लेखा परिक्षण गर्न आउन पत्रारचार गरेको थियो तर भोलीपल्टै गाउँपालिकाले कागजात बोकेर अन्यत्र लेखा परिक्षण गराउन जान नसकिने जवाफ फर्काएको थियो । काठमाडौं फर्किएकोे जानकारी आएपछि पुस ११ गते महालेखालाई गाउँपालिकामा आएर लेखा परिक्षण गर्न पत्र पठाएर पुःन आग्रह गरिएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]