२० फागुन २०७६–काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भोली मृगौला प्रत्यारोपण गर्ने भएपछी आज शरिरको डायलासिस गरिएको डा.अरुण सायमीले बताएकाछन् । प्रभानमन्त्रीको आत्मबलको बिषयमा सायमीले भने ‘बरु हामी चिन्तित छौं, प्रधानमन्त्री ढुक्क हुनुहुन्छ’ ।
प्रधानमन्त्री आलीको दोस्रोपटक मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएपछी छाती, मुटु, पेटलगायतको चेकजाँचमा कुनै अंगमापनि समस्या नदेखिएको अस्पतालका प्राध्यापक डा. अरुण सायमीले जानकारी दिएका छन् ।
मृगौला प्रत्यारोपण भन्दा अगाडीको डायलासिसमा छाती, मुटुलगायत सबै रिपोर्ट राम्रो आएकाले भोलि बिहान ठीक ९ बजे प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शुरु हुने र मुख्य गरी नेपाली डाक्टरहरुको टिमले नै प्रत्यारोपण गर्ने सायमीको भनाई रहेको छ ।
प्रधानमन्त्रीले अस्पताल जानुअघी देशबासीको नाममा सम्बोधनपछी देशबासीहरुले पशुपतीनाथ र सप्तरीको छिन्नामस्तामा पुजा आराधना समेत गरिरहेको नेपाली जनता र उपचारमा संलग्न डाक्टरहरु समेत चिन्तित बनिरहेको बेला प्रधानमन्त्री भने ढुक्कै रहेको र एक हप्तापछि क्याविनेट बैठक बोलाउँछु भनेर एकदम उच्च मनोबलका साथ कुरा राखेको डा.सायमीले जनाएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]