२३ फागुन २०७६– काठमाडौं । मिर्गौला प्रत्यारोपण पछी चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजबाट सामान्य हिडाउन थालिएको त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालले शुक्रबार अपराह्न जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएकोछ ।
अस्पतालका कार्यकारी निर्देशक कृष्ण खड्गाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्युको मिर्गौला प्रत्यारोपण गरिएको तेस्रो दिन स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार भइरहेकोले आजदेखि हिँड्डुल गराउनुको साथै, ठोस आहार दिन थालिएको छ ।
विज्ञप्तीमा प्रधानमन्त्री ओलीका सबै भाइटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका समेत जनाइएको छ ।
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थितिमा पनि क्रमिक सुधार हुँदै गएको अस्पतालले जनाएको छ । संग्रौलालाई पनि ठोस आहार दिन थालिएको खड्गाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको समचार प्राप्त भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]