२४ फाल्गुण २०७६–काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ६ गते देखी सञ्चालन गर्ने योजना बनाएको एसइई परिक्षा निर्धारित समयमै हुने भन्दै हल्लाको पछाडि नलाग्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको खबर प्राप्त भएको छ ।
कोरोना भाइरसको संक्रमणबारे सचेतना अपनाइएको र सरकार सर्तक पनि रहेकाले परीक्षा हुनेमा ढुक्क हुन मन्त्रालयले आग्रह गरेको हो ।
’कोरोना भाइरसले विश्वव्यापी आतंक मच्चाएको साँचो हो, तर नेपालमा आजसम्म उल्लेख्य घटना भएको छैन’, शुक्रवार मन्त्री गिरिराजमणि पोखरेलले भने, ’सरकारले सम्भावित परिस्थितीलाई गम्भीर ढंगले विश्लेषण गरेको छ ।
मन्त्रालयले चालू शैक्षिक सत्रको परीक्षा लिन निर्देशन दिएअनुसार कक्षा १–९ को परीक्षा हुनेछ । एसइई पूर्वनिर्धारित तालिकामै सञ्चालन हुनेछ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]