दिवस रिजाल, फागुन २७ खोटाङ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कानुन संग्रह २०७६, भाग १ सार्वजनिक गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा मंगलवार माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफे द्धारा नगरपालिकाको कानुन संग्रह २०७६, भाग १ सार्वजनिक गरेको हो । नगरपालिकाले गरेका उपयुक्त कामहरुलाई सुव्यवस्थित तरिकाले संग्रहित गर्नका साथै जव जनतासामु पु¥याउन सकिदैन तवसम्म कुनैपनि कामलाई प्रभावकारी वनाउन नसकिने भन्नेकुरालाई आत्मसाथ गरि यो नगरपालिकाको कानुन संग्रह २०७६, भाग १ प्रकासित गरिएको हो
जनप्रतिनिधि एवं नगरपालिकाले वनाएको ऐन तथा नियमहरु जनतालाई थाहा दिनु आफ्नो कर्तव्य भएको माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफले वताएकी छिन,“उनले भनिन अरु नगरपालिका भन्दा यस नगरपालिकाले धेरैनै उपलव्धि हांसिल गरिसकेको वताईन,“ यस नगरपालिकाले कानुन ल्याएर नगरपालिका लगायत सिंगो नगरवासीलाई कानुनको परिधिभित्र वाध्ने जुन साहसिक काम गरेको छ यस नगरपालिकाले आफु यस काम प्रति आभारी रहेको जनाईन । उनका अनुसार स्थानिय तहको अधिकार प्रदेश तथा संघिय सरकारले उसको अधिकार नखोस्ने वताईन,“सविधान र ऐनले दिएको अधिकार जिम्मेवारी पुर्वक निर्भाह गर्नुहोस स्थानिय सरकारलाई कसैले हल्लाउन नसक्ने भन्दै विश्वास दिलाईन ।
यस नगरपालिकाको कानुनको वारेमा नगरवासीमा जानकारी हुनुका साथै अभिलेखिकरण गरी सम्पतिको रुपमा संग्रहित भई नगरवासीलाई सबै कामको विस्तृत विवरण हेर्न र ऐन कानुन पढ्न सहज वनाउने उद्देश्यले कानुन संग्रह ल्याईएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजालले वताए । उनले भने यस कार्यले जनताको जिज्ञासालाई केहीहद सम्म पुरा गर्ने छ ।
यस नगरपालिकाले कानुन वनाई राख्दा कुनै पनि क्षेत्र नछुटेको भन्दै आफ्नो जिवनमा नगरपालिका या पालिकाले आफ्नो कानुन वनाउनेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो अनुभव भएको जिल्ला न्यायधीस मात्रृका प्रसाद आचार्यले वताएका छन ।
यता प्रतिनिधि सभा सदस्य मा. कृष्ण गोपाल श्रेष्ठका अनुसार यस नगरपालिकाले एक ऐंतिहांसिक कामको थालनी गरेको भन्दै सुभकामना दिएका थिए । उनले भने आफु देशको जुनसुकै कुनामा गएपनि यस नगरपालिकाको यस्तो क्षमताको सदैव तारिफ गरिरहने विश्वास व्यक्त गरे ।
यस नगरपालिकाले ११ वटा ऐन, ४ वटा नियमावली, २० वटा कार्यविधि र २ वटा निद्रेशिका पारित गरिसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कानुनी सल्लाहकार चन्द्र वहादुर खड्काले वताए ।
कार्यक्रममा काठमाडौंका प्रतिनिधि सभा सदस्य विणा श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, प्रदेश सभा सदस्य उषाकला राई, जिल्लाका विभिन्न कार्यालय प्रमुखहरु, शुरक्षा निकायका प्रमुखहरु, पार्टी प्रतिनिधिहरु, पत्रकार लगायत आम नागरिकको वाक्लो सहभागिता रहेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]