नयन बास्तोला ।
१० चैत्र २०७६–काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष को नियुक्ती सगै सम्योग ले भनौ वा आसाले सुस्ताइ रहेको सेयर बजार एक्कासी जुरमुराई रहेको छ । यो जुरमुराइमा धेरैले जस लिन पछी नपरेका पनि हैनन । पछिल्लो समय किन यसरी साढे तीन बर्ष सेलाएको बजार २ महिना मै क्षतिपुर्ती बाहेक कभर भएकोमा जसरी बढेको थियो त्यसरी नै घट्दा बढ्दा लड्डु प्रेस जारी गर्ने हरु बाट एउटा पनि प्रेस जारी नहुनु साथै क्लोज आउट को मिति सार्ने खेल मा ठुलै झेल छ भन्ने कुरा महत्वपूर्ण नै छ ।
तर्क आ आफ्नै होलान, तर मेरो बिचार चाँही पुजिबजार बिरोधी वा केही ब्यक्ती पक्षधर अर्थमन्त्री को बहिरगमन र नयाँ अध्यक्ष को नियुक्ती सगै सिमित ब्यक्तिको चल्खेल नै हो । जसलार्ई पुष्टि गर्ने अर्को आधार जब फेरी उही अर्थमन्त्री नियुक्ती हुने कुरा देखी नियुक्ती सम्म मा २२७ अंकको घटाइ ले पुस्टि गर्दछ ।
नयाँ जोस जागर साथै सेबोन मै कार्यरत दुई जना अध्यक्षका प्रतिस्पर्धी लाई पछाडी पार्दै भिश्म राज ढुंगाना अध्यक्ष भएपछी लगानिकर्ता को आशा को दियो चम्कन थालको थियो तर नियुक्ती देखी अहिले सम्मको गतिबिधी हेर्ने हो भने दियो निभ्ने त हैन भन्ने चिन्ता बढ्न थालेको छ । नियुक्ती लगत्तै छोटै समयमा चिन्ता गरिहाल्नु त नहुने हो तर पनि अध्यक्षका गतिबिधि,अन्तर्वाता हरुले त्यो हुन गएको देखिन्छ । अध्यक्षको जम्मा चार बर्ष को लागि धितोपत्र बोर्डको कार्ययोजना बनाएर यो गर्छु यो गर्दिन भनेर सफत खाएर आएका हुन् तर अहिले कार्यन्वयन मा रहेका केही कुरा हरु जस्तै सबै लाई १० कित्ता सेयर दिनु व्याबहारिक भयन भन्दै हिडिरहेकाछन् ।
त्यसो हो भने के रेवत बहादुर कार्की ले हचुवा को भर मा लागु गरेका थिय त ? अनी फेरी सरकार नै एक ब्यक्ती एक डिम्याट खाता भन्दैछ । साथै नेपाल को पानी जनता को लगानी भन्दै सरकार कम्तिमा १० कित्ता सेयर सबै नेपाली को नाम मा हुनुपर्छ भनी रहेकोछ कतै अध्यक्षले सिमित ब्यक्ती को लागि बोल्न थालेकात हैनन् शङ्का गर्ने ठाउँ लगानिकर्ता ले पाएका छन् । त्यस्तै बाणिज्य बैन्क का सहायक कम्पनी हरुलाई लाई ब्रोकर लाइसेन्स दिने कुरा किन भइरहेकाछन् ?
एक पटक अध्ययन गरेरै ल्याएको हो , पहिला लाइसेन्स बितरण गरेर बाँकी काम शुरु गर्नु बुद्दिमता होला । नेपाल जस्तो विकसोन्मुख मुलुकमा साधारण लगानिकर्ताहरुले के नै गर्न सक्छन र भन्नु मुर्खता हो । आफ्नो आवाज नसुनिदिँदा तत्कालिन अध्य्क्ष को घमन्ड ले गर्दा पहिलो पटक अमरण अनसन बस्न वाध्य पारीएको थियो कतै फेरी पनि आम लगानिकर्ता को हक हित को लागि आन्दोलन नै गर्नु पर्ने त हैन ?
यदी हैन भने आगामी दिनमा नेपाल धितोपत्र बोर्डमा तपशिलका कार्य गरे बोर्डमा परिबर्तन हुने निश्चित छ ।
अनलाइन ट्रेडिङ मा बास्तबिक ब्यबस्थापन तत्काल सुरु गर्नुपर्दछ ,अक्सन मार्केट चाँडागर्ने र बन्द खुल्ला तनाब अन्त्य गर्ने ।
अनलाइन मा भएका समस्या को समाधान हुनुपर्दछ ,ब्रोकर कमिशन पुनराबोलकन ,ब्रोकर लाइसेन्स खुल्ला , ब्रोकर सदस्य हरु लाई लगानिकर्ता मैत्री बनाउनु,
आम नेपाली ले धितोपत्र बजार मा लगानी गर्न सक्ने अवस्था को लागि पुजिबजार सम्बन्धी सचेतना कार्यक्रम ब्यापक बनाउनु, सेयर बजार मा बिश्लेशक का नाम मा भयको आतंक अन्त्य गर्न कार्य्विधी बनाइ लागु गरी वास्तविक के हो भनी आम लगानिकर्ता लाई समय समय मा जानकारी गराउनु महत्वपुर्ण रहेको छ ।
नियामक निकायका पदाधिकारी हरुको कार्य क्षमता परिक्षण गर्नु जरुरि छ । लगानिकर्ता ले बारम्बार लगाउने आरोप नियमक निकाय का उच्च नेतृत्व सिमित ब्यक्ति को लागि मात्र गर्छन भन्ने छ । यस्तो आरोप कति समय सम्म आइरहने ? तत्काल छानबिन गरि दोषि भए कार्बाही गर्ने हैन भने बास्तबिक के हो त्यो बाहिर ल्याउनु पर्छ ।
त्यसैगरी हकप्रद सेयर र सेयर धनी बिच मात्र हस्तान्तरण गर्ने र अक्सण को नाम मा सेयरधनी को हक लुट्न रोक , लाभाम्न्स मा हुने चलखेल (घोषणा गरेर घटाउने बढाउने) कार्य लाई दन्डित गर्नुपर्ने, लगानिकर्ता ले हरेक धितोपत्र कारोबार मा तिरेको कर सिधै प्यान नम्बर मा जम्मा हुने ब्यबस्था गरी सेयर बजारलाई ब्यबश्थित र ब्यबसायिक बनाउन यसको समय बढाउने हो भने नेपाली सेयर बजारको कारोबारमा परिबर्तन आउने कुरा प्रायःनिश्चित छ । अब सरकार ले आउने बजेट मा नेप्से र सिडियस लाइ निजिकरण गर्ने ठोस निति लिनु पर्दछ ।
लेखक ः सेयर लगानिकर्ता दबाब समुहका महासचिब रहेकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]