१० चैत्र २०७६–काठमाण्डौ । फ्रान्सबाट नेपाल फर्किएकी एक नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको सरकारका श्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएकाछन् ।
सोमबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ढकालले फ्रान्सबाट आएकी एक १९ बर्षीया नेपाली विद्यार्थीमा संक्रमण कोरोना भाइरसको रिर्पोट पोजेटिभ देखिएको जानकारी गराएका हुन् ।
फ्रान्सबाट कतार हुँदै मंगलबार नेपाल आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको जानकारी प्राप्त भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएकाछन् ।
उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी प्राप्त भएको हो । उनीसँग भएका अन्य व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी गराइएको छ । ती विद्यार्थी कुन विमानमार्फत कहिले नेपाल आएकी हुन र कहाँकी के नामको हो भन्ने कुरा गोपनियता राख्नु पर्ने भएकोले स्पष्ट पारिएन ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]