तारा पराजुली,बेलबारी मोरङ
प्रत्येक बर्ष धुमधामका साथ नारी दिवस अर्थात आठ मार्च मनाइन्छ र यस बर्ष जस्तै बिदा गरिन्छ । यो बर्ष पनि सदाझै ८ मार्चलाई बिदा गरिसकिएको छ । कैयौं मंचहरुमा मुक्तिका सुरिला आवाजहरु दिनभर फरक शैलीमा गुन्जिए , उसैगरी अनुनय विनय भए स्त्रीलिङ्गी स्वरहरु मार्फत हामीलाई मान्छेको दर्जा दिइयोस् भनेर । यी लयहर सदियौंदेखी निरन्तर बजिरहने लयहरु हुन् ।
नारीबिनाको घर, नारीबिनाको सृष्टि,नारीबिनाको संसार नारीबिनाको शान्ति र समृद्धि कल्पना बाहिरको विषय हो । सृष्टिशक्ति,पोषण,त्याग धैर्य,सेवा श्रमशक्ति र सामर्थ्यशक्तिकै कारण आज महिलाहरु यथास्थितिबाट उठेर आफ्नो पहिचान खोज्न जागरुक छ्न् । कतै आमा कतै छोरी कतै बुहारीको परिचय बनाएका नारीहरु यो विश्व ब्राह्मणका सृष्टिकर्ता हुन् । तर यिनै महिला २१ औँ शताब्दीसम्म आइपुग्दा आदिमकालदेखि नै कुनै न कुनै हिंसाबाट पीडित छन् भन्ने प्रमाणहरु यततत्र छन् । न्यायको पक्षमा निरन्तर लडिरहे पनि अझै विभेदबाट मुक्त हुन नसकेका अनुहारहरुको भीड ठूलो छ ।
मुलुकमा जेजस्ता परिवर्तन भएका छन् त्यसमा नेपाली महिलाहरुको संघर्ष र पसिनाको गाढा रङ्ग मिसिएको छ । महिला हिंसा विरुद्धको अभियानदेखि समानताको पक्षमा यो सहभागिताले जागरुकताले विश्व जनमतको ध्यानाकर्षण गरेको छ । मुलुक परिवर्तनका विविध शृङ्खला हुंदै संविधान निर्माणसम्म आइपुग्दा महिलाहरुले आम देशवासीले अनुभूत गर्नसक्ने थुप्रै बलिदानी गरे ।
नेतृत्वमा पुगेका अगुवा महिलाहरुले नेपालको संविधानमा महिला हक हित र अधिकारका विषय उठान गरे । संविधान नागरिक मैत्री बनाउन जोड गरे । फलस्वरुप जनताको पक्षमा संविधान बन्यो । नेपालको संविधानमा महिला हक हित र अधिकारका थुप्रै विषय र व्यवस्था किटान गरिएका नीतिगत, न्यायिक,धार्मिक,सामाजिक,आर्थिक, राजनैतिक समानता र सवालहरुलाई अक्षरशः कार्यान्वयन गर्न तीन तहका सरकारहरु बने।छोटो समयमा थुप्रै विकास निर्माणका कामहरुले सफलतापूर्वक तिब्रता पाइरहे ।
नागरिकहरले सिंहदरबार नजिकै प्राप्त गरेको महसुश गरे।जसका कारण संघीयता यो मुलुकको लागि आवश्यक हो भन्ने कुराको मह्शुस आम जनताले गरिरहंदा महिला अधिकार र महिला मुक्तिबिनाको विषय जति सुधार हुनुपर्थ्यो हुन सकेन । यस्तो अवस्थामा संघीयता अपूर्ण जस्तो भान महिलाहरुमा पर्नु स्वभाविक हो ।
महिला अधिकारका सवाललाई बोकेर नेतृत्व गर्न पुगेका महिलाहरु नै विभेदको पर्खाल ले किचिएका छ्न् ।
केही कमजोर मानसिकता भएका पुरुषहरु सामर्थ्यवान र बौद्धिक महिलाहरुको जागरुक उपस्थिति र सकृयता देख्न सक्दैन्न्।हामीले बुझेको समृद्दि हामीलाई बुझाइएको समृद्धि अनि समाजको उदात्त विकास समाजमा प्राप्त सबै वर्गहरुको समान परिवर्तनमा निर्भर गर्छ्।महिलाको विकासबिना देश समृद्ध नहुने ठहरसहित महिलाका लागि थुप्रै नितीगत र अन्य अभियानहरु संचालित छ्न् ।
ठुलठुला बहस र छलफलहरु चलाइएका छन् । संचार माध्यम र पत्रपत्रिकाहरुले प्राथमिकतामा राखेर महिलाका सवालहरु प्रसारण र प्रकाशन गरेका छन् । तर खै त उपलब्धि ? अब उपलब्धि खोज्ने बेला भएको छ ।
हरेक बर्ष आठ मार्चले सम्झाउने महिलाको श्रमको मूल्य त बदलिन नसकेको एक दृश्य
फेरिन नसकेको एक पाटो हिंसा र विभेदको कहालीलादो पाटो झन बलियो र जवान भएको छ । संविधानमा व्यवस्था भएको समानको हक कार्यान्वयन गराउन तीनै तहका सरकारको नेतृत्वसंग बाक्लो रुपमा महिलाको उपस्थिति छ । तर त्यहीँ भित्र पनि असह्य विभेद र दमन छ् । प्रमुख तहमा आसीन केही पुरुषहरुले बौद्धिक र कुशल नेतृत्व गरिरहेका महिलाहरुलाईसमेत प्रत्यक्ष परोक्ष रुपमा कुरुप शासन गरिरहेका छ्न ।संविधान र ऐनले प्रदान गरेका अधिकारहरु जबरजस्त खोसिएका छन् ।
आर्थिक प्रशासनिक क्षेत्रमा सकेसम्म निशेधको घेरा लगाइएको छ।निर्धा,निरीह र अभावले थिचिएका र दमन विभेदको चपेटामा परेका ग्रास लेभलका महिलाहरुको मुद्दा सम्बोधन गर्न यथेष्ट जनमत प्राप्त नेतृत्व गर्न पुगेका प्रतीनिधीको हालत त यस्तो छ भने अन्य महिलाको समस्या कस्तो छ भन्ने कुरा सहज अनुमान गर्न सकिन्छ ।
महिलाभित्र धीरता र संयमको अनौठो र उदार मनोविज्ञान हुन्छ ।
जसका कारण आज पनि नेतृत्व गर्न उच्च ओहदामा पुगेका महिलादेखि आम सर्वसाधारण महिलाहरु हस्तक्षेप, शोशण र दमनको पर्दाफास गर्ने साहस र बुद्धिमता भएर पनि सकेसम्म सामान्य हिंसा र विभेद बाहिर ल्याउन र भण्डाफोर गर्न चाहदैनन्।यो सवालमा ठाँउ ठाँउमा बहस हुँदा कामकाजी महिलाहरु नै भन्छ्नस संस्था को इमेज ड्यामेज हुन्छ्।राजनैतिक दलका नेतृहरु भन्छ्नस् पार्टीको शीर झुक्छ् संगठनको मर्यादामा आँच आउछ।गृहिणीहरुको भनाइ छस्घर बिग्रन्छ् परिवार टुक्रन्छ ।
कुलीन प्रतिस्ठामा ठेस लाग्छ।यस्तो विशाल मनोविज्ञान छ महिलाले सहनुका पछाडि। प्रश्न उठ्न सक्छ(घर भित्रको संसार बाँकी बाहिरी समाज, संस्कार राजनीति आदिको मर्यादा र गरिमा जोगाउने जिम्मा महिलाको मात्र हो त? अनि यिनै ईमान र शालीन मनोविज्ञानको भर्याङ उक्लेर महिलालाई कमजोर आँकलन गर्ने पुरुष मानसिकतालाई शक्तिशाली पुरुष को भद्दा र कुरुप दर्जा दिन विवश छ ।
महिला अधिकारकर्मी कमला भाशिनको भाषामा भन्नुपर्दा ’पुरुषतन्त्र एक अत्याचारी सामाजिक व्यवस्था हो ।’ मुक्ति,समानता र स्वतन्त्रता भन्ने कुरा महिला शिक्षित,आत्मनिर्भर, बौद्धिक क्षमावान् र शक्तिशाली भएर मात्र पनि कहिलेकाही पुग्दैन ।
वास्तविक समानताको लागि परिवर्तनीय पुरुष सोच र चिन्तनको पनि जरुरत छ।पुरुष सोच र चिन्तनलाई फराकिलो बनाउन महिलाहरु हरेक तवरले शक्तिशाली बन्न जरुरी छ । एउटा चिनिया कहवात छ ,मलाई पारि जान त्यो पहाडले रोकेको होइन मेरै जुत्ताभित्रको ढुङ्गाले हो । यात्रामा कैयौँ जुत्ताभित्र अल्झाउने दुखाउने यस्ता कठोर ढुङ्गाहरु झट्ट हेर्दा नद्खिने गरि पर्दा्भित्र बसेका हुन्छन् ।
पहिचान गरेर ढुङ्गाहरु फाल्ने बेला आएको छ । जुत्ता ट्कट्काउने समय भएको छ । यात्रा सहज बनाउने बेला भएको छ । अन्तमा नारी शक्ति र गतिहरु रोकिए संसारको गति रोकिन्छ।संसार हांक्ने स्टेइरिङ हातमा लिएर हिंड्ने साहसका पर्याय महिलाहरु सदैब अघि बढिरहने शक्ति र प्रेरणा मिलोस् ।
शुभकामना
लेखक ः बेलबारी नगरपालिकाकी उपमेयर हुन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]