१३ चैत्र २०७६–खोटाङ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खा स्थीत श्षस्थ्य चौकीमा ५ जनालाई क्वारेन्टाइनमा राखिएको दिपु्रङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताएकाछन् ।
क्वारेन्टाइनमा राखिनेमा छोरम्बुका ३१ वर्षीय परियार, ३८ वर्षीय तामाङ थरका रहेका छन् । उनीहरु तीनदिन अघि भारतको सिक्किमबाट छोरम्बु आएका थिए । यसअघि भारतको वेष्ट बंगालबाट आएका याम्खाका वस्नेत थरका २२ वर्षीय, भारतको मेघालयबाट आएका याम्खाकै राई थरका ४७ वर्षीय र साउदीबाट आएका विक थरका ३० वर्षीय पुरुषलाई विश्वब्यापी मापदण्ड अनुसार १४ दिन क्वारेन्टाइनमा राखिने जानकारी कुरा प्राप्त भएकोछ ।
निज ५ जनालाई स्वास्थ्य चौकी याम्खामा निर्माण गरिएको ४० वेडको क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) जोखिमलाई ध्यानमा राखेर गाउँपालिकाले वैदेशिक रोजगारी र जिल्ला बाहिरबाट आएका व्यक्तिहरुलाई पहिचान गरि क्वारेन्टाइनमा राखेको पालिका अध्यक्ष भुपेन्द्र राईले जनाएकाछन् । क्वारेन्टाइनमा बसेकाहरुको लागि गाउँपालिकाले खानपिनको व्यवस्था समेत मिलाएको जनाएकोछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]