१५ चैत्र २०७६ काठमाण्डौ । यती बेला विश्व त्रसित अवस्था मा छ । कोरोना भाईरस ले जनता घर भित्र बस्न वाध्य छन् , नबसुन पनि कसरी ? यो भाईरसको उपचार नै घर भित्र एक्लै कसैको संपर्क बाट टाडै रहनु नै रहेछ , यस्तो अवस्था मा तपाईंको नेत्रित्व को समितिले धितोपत्र बजार पनि आम्सिक रुपमा सबैलाई जानकारी गराइ खुल्ला गर्ने आसयको निर्णय गर्नु भएको छ ।
तपाईं लाई कतै गलत सुझाब आयो वा आँफै ले विश्व सेयर बजार हेरेर निर्णय गर्नु भयो, त्यो त थाहा भएन , तर वास्तविकता नबुझी निर्णय गरियो भन्ने आम् लगानिकर्ता हरुको एउटै आवाज छ , हो विस्व का धेरै सेयर बजार देश मा लक डाउन भयको बेला पनि खुल्ला छन् किन भन्दा त्यहा ट्रेड गर्दा भौतिक उपस्थिती नगन्य मात्रामा हुन्छ ।
सबै काम अनलाइन हुन्छ । तर हाम्रो सेयर बजार मा अनलाइन को नाम मा अनलाइन मात्र छ , सिर्फ किन्न र बेच्न मात्र सकिन्छ । त्यसपछीका कार्य हरु भौतिक उपस्थिती बिना सम्भब नै छैन । सेयर बजार खुल्ला हुन्छ ,सबै लाई किन्न मन लाग्छ , र बेच्न पनि, यदी किने पछी ब्रोकर लाई पैसा दिनु पर्यो किन्ने ब्यक्ती को पैसा बैन्क मा छ , त्यो बैंक बन्द छ , त्यो बैंक सम्म जान नै सकिदैन, सेल्फ क्वेरन्टाइन मा बस्नु भनेको छ ।
त्यस्तै सेयर बेच्यो, त्यो सेयर बैन्क मा धितोमा राखिएको हुन्छ , त्यो सेयर फुकाउन बैन्क जानु पर्यो ,पैसा लिन ब्रोकर जानु पर्योे, बेचेको चेक दिन क्यापिटल जानु पर्यो , सबै ठाउँ मा भौतिक उपस्थिती अनिबार्य छ । कतै तपाईं लाई यसरी बुझाईएको पनि हुन सक्छ अनलाइन मै किन्यो बेच्यो कनेक्ट ips बाट पैसा पठायो edis गर्दा हुन्छ । तर यो कुरा चाँही बुझाईएन होला edis गरेपछी त्यो सेयर ब्रोकर को मा गएपछी CDSCमा पुग्छ ।
त्यसैले जसरी पनि भौतिक उपस्थिती नभई हुँदैन । त्यसकारण अब अर्थमन्त्री ज्यु ले सेयर बजार खोल्न भन्दा पनि अनलाइनको उद्घाटन मा जसरी तपाईं लाई वास्तविक कुरा लुकाइयो त्यो कुरा खोज्नु जरुरी देखिन्छ ।
केही समय देखी तपाईं अर्थमन्त्री का बिभिन्न बक्तब्य हरुले आम् लगानिकर्ता हरु मा आशा को टुसा पलाउन थालेको मात्र थियो । तर कतै फेरी विश्वाश माथि विश्वाघात त हुन्न ? कोरोनाको त्रास मा तनाबमा बसिरहेका छन, त्यसकारण अब यो लक डाउन को समयलाई सदुपयोग गर्न बाध्य्कारी निर्देशन दिनु महत्वपूर्ण रहेको छ ।
१) अनलाइन लाई पूर्ण बनाउन तत्काल बैन्क र डिम्याट लिन्क गराइ बैन्क मा पैसा भए सेयर किन्न पाइने र डिम्याट मा सेयर भए मात्र बेच्न पाउने ब्यबस्था गर्नु ।
२) सेयर किन्दा र बेच्दा लाग्ने कमिशन र नाफा मा लिने कर लाई केही समयको लागि छुट वा परिमार्जन गर्नु ।
३) बाणिज्य बैन्क का सहायक कम्पनी हरु लाई ब्रोकरेज सेवा दिने गरी तत्कालाई लाइसेन्स साथै हाल सन्चालन मा रहेका ब्रोकर हरु लाई सब ब्रोकर डिलर सिप लगायत प्रबिधी युक्त बनाउन सहयोग गर्नु ।
४) सरकारले कर छुट घोषणा गरेको ५० करोड भन्दा बढी पुजी भएका प्राइभेट कम्पनी हरुलाई पब्लिक बनाइ आइपियो अनिबार्य जारी गर्ने ब्यबस्था गर्नु ।
५) ५८ बुदा मा भएको कुरा हरु तत्काल कार्यन्वयन गर्नु ।
६) नेप्से मा भयको सरकार को सेयर घटाई वा बेचेर निजी क्षेत्र लाई दिने ।
७) आबस्यकतालाई हेरी अर्को नेप्से खोल्न तत्काल निणय गर्ने ।
८) लगानिकार्ता र ट्रेडर छुट्याइ पुजिगत लाभ कर निर्धारण् गर्ने ।
यि माथि उल्लेखित कार्य हरु तत्काल नगरि यस्तो अवस्थामा पुँजिबजार खोल्न तर्फ मात्र लाग्नु भयो भने तपाईं ले भने जस्तै ८ ,१० जना कै हात मा सेयर बजार रहने निस्चित छ ।
लेखक ःसेयर लगानिकर्ता दबाब समुहका महासचिब रहेकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]