१७ चैत्र २०७६–सुनसरी । सामान्य वालवालिका भन्दा फरक स्वभाव भएका वालवालिकाहरुको पहिचान र जसलाई उपयुक्त वातावरण दिँदा चर्चित चित्रकार,कलाकार,साहित्यकार,गाएक,संगितकार बन्न सक्छन् । जो निएमित साधनामा तल्लिन रहन्छन् ।
नेपालमा पछिल्लो समय मोफसलका वाल कलाकार गाएक,गायीकाहरु निकै चर्चामाछन् , जसको उदाहरण कमला घिमिरे,आयुषा गौतम,असोक दर्जी त्यसैगरी अन्तराष्ट्रिय रियालिटी सो का चर्चित तहल्का मच्चाएका गाएक प्रितम आचार्य आदि हुन् । जस्ले पारिवारिक वातावरण र नागरिकको साथ पाए,र एउटा उचाई काएम गरे । तर राज्यले यस्ता भविष्यमाथी लगानी गरेको देखिदैन जो भोलीका राष्ट्रिय सम्पती हुन् ।
त्यस्तै फरक स्वभाव भएका वालवालिका मध्येका उत्कृष्ट चित्रकार हुन् चिरञ्जिवी घिमिरे । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१४ बुइपा खिरीको साघुरो क्षितिजबाट उदाएका, जिल्लाकै कलाकारिताको रापमा बाबा गोपाल प्रसाद घिमिरे र आमा तारादेबी घिमिरेको कोखबाट जन्मिएर सुनसरी जिल्ला इटहरी २ मा बस्ने बर्ष १४ को होराइजन एकेडेमी सेकेन्डरी स्कुल कक्षा ९ मा पढ्ने जेहेन्दार विद्यार्थी हुन् ।
उनको दैनिकी विद्यालय समय बाहेक चित्रकलामै साधना गरिरहेका हुन्छन् । छोटो समयमै आफुले देखेका,कल्पना गरेका चिज बस्तुहरुलाई चित्रमा उतारिहाल्छन् । उनै वाल चित्रकार चिरञ्जिवी घिमिरेले देश पोष्ट मिडियाका सम्पादक÷प्रकाशक लोकमणि रिजालको चित्र जस्ताको तस्तै बनाएर सार्बजनिक गरेकाछन् ।
एक पटक देखेको ब्यक्तीको चित्र जस्ताको तस्तै उतार्न सक्ने खुबी भएका उज्वल नक्षेत्र वाल चित्रकार लाई राज्यले समयमै पहिचान गर्न र उचित हौसला दिनु महत्वपूर्ण रहेको छ । वालवालिकाको इच्छा चाहना बमोजिम शिक्षण गर्नु र परिवारले उचित वातावरण दिनुनै भविष्य निर्माणको पथप्रदर्शक बन्न सक्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]