१७ चैत्र २०७६–काठमाण्डौ । मन्त्रिपरिषद बैठकको संरचना पहिलोचोटी भौतिक दूरी (सोसल डिस्टेन्सिङ) कायम गरी राखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा पनि आक्रमण गर्न थालेको, बाहिरबाट आएका विभिन्न ५ जनामा संक्रमण देखिएको र थप फैलिने सम्भावना समेत रहेको अवस्थामा सरकारले त्यसबाट बच्न विभिन्न कदमहरु चालिरहेको जनाएको छ ।
आइतबार बालुवाटारमा बसेको मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दृढताका साथ कोरोना संक्रमणबाट जोगिन हरसम्भबका प्रयासहरु गर्न मन्त्रीहरुलाई निर्देशन दिएको खबर प्राप्त भएको छ ।
दोस्रो पटक मृगौला प्रत्यारोपण गरेको केही समय बित्न नपाउदै ओलीमा उर्जा र इच्छाशक्तिमा भने कमी देखिएको छोइन । कोरोनाको समस्याका लागि जुध्नु अहिलेको प्रमुख चुनौती रहेको भन्दै अहोरात्र खट्नुपर्ने ओलीको विफ्रिंग रहेको जानकारी आएको छ ।
‘कोरोनाविरुद्ध लडौं । सफल होऔं । मेसेज के जान्छ भन्नेतिर अहिले नलागौं । काम गरौं, प्रधानमन्त्री ओलीले सम्बद्ध मन्त्रीहरुतिर हेरेर पटक–पटक यस्तो निर्देशन दिएको क्याबिनेट स्रोतले बतायो । अहिले सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएको मेडिकल सामग्री खरिद प्रकरणमा जोडिएका पर्यटन मन्त्री योगेश भट्टराई र स्वास्थ्य मन्त्री भानुभक्त ढकालप्रति निक्कै नै जोड दिएको श्रोतले जनाएको छ ।
विपक्षीतर्फ कड्कीदै मन्त्रीहरुलाई हेर्दै अहिले काम गर्नुहोस् । बाहिर के आयो भनेर नआत्तिनुहोस् त्यसको फेस म गर्छु भन्दै आँट दिएकाछन् । ‘तपाईहरु संक्रमण रोक्ने, जनतालाई सहज बनाउने काममा जुट्नुहोस, त्यसको मेसेजको चिन्ता नगर्नुहोस, ओलीको भनाई रहेको क्याबिनेट श्रोतले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]